Saturday 12th of October 2024

महोत्तरीको प्रसिद्ध धार्मिकस्थलमा हुने पूजापाठमा प्रशासनले लगाए रोक ।।

0 Shares

गौशाला । जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका प्रसिद्ध धार्मिकस्थानहरुमा पूजापाठ गर्न, गराउनमा रोक लगाएको छ ।

वलवा नगरपालिकाको कारिकस्थान, सम्सी गाँउपालिकाको अनहेरभाट र पिपरा गाँउपालिकास्थित बौधीमाई मन्दिरमा दर्शनार्शीको अत्याधिक मात्रामा भिडभाड भएपछि जिल्ला प्रशासन कार्यालयले नित्य पूजापाठवाहेक पूजा, वलिमा रोक लगाईएको हो ।

कोरोना संक्रमितको सम्भावना रहेको महोत्तरीमा अत्याधिक मात्रामा दशनार्थीहरुको भिडभाड हुनेभएपछि तत्कालको लागि पूजापाठमा रोक लगाईएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भटटराईले जानकारी दिनुभयो । साथै प्रमुख जिल्ला अधिकारी भटटराईले कोरोनाको समयमा अनावश्यक रुपमा वाहिर ननिस्कन, आवश्यकमात्रामा सेनिटाईजर र मास्कको प्रयोग गर्नका लागि सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । दोस्रो चरणको कोरोना संक्रमणको कारण महोत्तरी उच्च जोखिममा रहेको छ ।

प्रतिक्रिया