
गौशाला / ११ हजार कुमारी कन्याद्धारा कलश यात्रा गरि महोत्तरीको गौशालावजार स्थित दुर्गा भगवतीको मन्दिरमा कलश स्थापना गरेको छ । दशैको पहिलो दिन घटनास्थापनाको अवसरमा नजिकै रहेको मरहा नदीबाट जल ल्याएर कलश (घट) स्थापना गरिएको हो ।
नेपाली सेनाको व्याण्डको टोली, लोकवाजा, घोडा, उँट सहितको लावालस्कर सम्मिलित कुमारी कन्याहरुको समुहले ल्याएको कलश मन्दिरमा राखिएको मेला व्यवस्थापन समितिका अध्यक्ष सीताराम साहले जानकारी दिएका छन् ।
नवनिर्मित दुर्गा मन्दिरमा दुर्गामाताको मुर्ति ल्याएपछि यस मन्दिरमा दर्शनार्थीहरुको अत्याधिक मात्रामा घुईचो लागेपछि मन्दिर परिसरमा व्यापक मात्रामा सुरक्षा टोली परिचालन गरिएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यता गौशाला नगरपालिका २ निगौल चौकमा पनि भव्यताको साथ दुर्गा मन्दिरमा कलशस्थापना गरिएको हो ।
प्रसादीको बन्दोवस्त ज्वेलर्स समुहद्धारा
गौशाला बजारमा रहेको दुर्गा मन्दिरमा पूजा तथा दर्शनका लागि आएका दर्शनार्थीहरको लागि माता दुर्गाको प्रसादीको वन्दोवस्त शिव ज्वेलर्स गौशालाका प्रो. बिमल शाहशंकरले गरेका छन् । पहलो दिनको प्रसादी शिव ज्वेलर्सले गरिएको मेला समितिका अध्यक्ष साहले जानकारी दिएका छन् ।