Thursday 6th of February 2025

संक्रमित बढेपछि देशभरका सीमानाका बन्द गर्न सिफारिस

0 Shares

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय केन्द्र (सिसिएमसी) को शुक्रबारको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार उपप्रधानमन्त्री एवम् सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले दोस्रो लहरको कोभिड–१९ को जोखिम क्रमशः बढ्दो भएकाले थप सचेतनाका उपायबारे सिफारिस गरेको जनाइएको छ ।

उक्त सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुनेछ ।बैठकमा कोरोना रोकथामका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र अत्यावश्यक वस्तु र सेवाको सञ्चालनका विषयमा पनि समीक्षा गरिएको थियो ।

प्रतिक्रिया