Sunday 16th of June 2024

५२ जना ज्येष्ठ नागरिकलाई दशै खर्च उपलब्ध

0 Shares

महोत्तरी /औरहीस्थित विषहरामाई वचत तथा ऋण सहकारी सस्थाले ५२ जना ज्येष्ठ नागरिकलाई दशै खर्च उपलब्ध गराएको छ । विहीबार सस्थाले एक कार्यक्रमको आयोजना गरि सस्थामा नियमित रुपमा कारोवार गर्ने सो सख्याका ज्येष्ठ नागरिकलाई दशै खर्च उपलब्ध गराएको हो ।

जनही ५ सयका दरले सो रकम वितरण गरिएको सस्थाका प्रवन्धक रामनारायण साहले जानकारी दिएका छन् । सस्थाको वार्षिक कार्ययोजना अनुरुप नेपालीहरुको महान पर्व दशैको अवसरमा यो रकम लक्षित वर्गलाई उपलब्ध गराएको साहले बताए । आफ्ना ज्येष्ठ नागरिक सदस्यको स्वास्थ्य ख्यालको साथै चाहनाअनुसारको कार्य गर्नका लागि सहज होस् भनि रकम उपलब्ध गराएको प्रवन्धक साहले बताए ।

नगरभरिका ज्येष्ठ नागरिकको लक्षित गर्दै एक लाखसम्मको स्वास्थ्य विमा घरघरमा सुचारु हुने औरही नगरपालिका वडा न ७ का वडाअध्यक्ष जितेन्द्र यादवले बताएका छन् । दशैपछि घरघरमा यो अभियान सचालन हुने भएकोले अभियानीलाई आवश्यक डकुमेन्ट उपलब्ध गराएर सहयोग गरिदिनका लागि वडाअध्यक्ष यादवले आग्रह गरेका छन् ।

प्रतिक्रिया