महोत्तरीको छुट्टाछुट्टै स्थानमा दुर्घटना ः एक जनाको मृत्यु, चार घाइते

गौशाला । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा महोत्तरीमा एकजना किशोरको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको महोत्तरी गाउँपालिका वडा नं. ५ स्थित मडैबाट हिर्दुवा जाँदै गरेको मोटरसाइकल अन्यिन्त्रित भएर दुर्घटना हुँदा सोही स्थानका १४ वर्षीय किशोर रोहित यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्याय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रदेश २–०२–००२ प ६१२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएका किशोरलाई उपचारको लागी जानकी हेल्थ केयर जनकपुरधाम पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही मोटरसाइकलमा पछाडि सवार रहेका १६ वर्षीय किशोर दिपेश कुमार यादव सामान्य घाइते भएका छन्।

त्यस्तै महोत्तरीकै लोहारपट्टी नगरपालिका वडा नं. १ स्थित धर्मपुरबाट जनकपुरधाम आउँदै गरेको ट्याम्पु र विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं. ३ का २६ वर्षीय राकेश यादव, टेम्पोमा सवार रहेका लोहारपट्टी नगरपालिका वडा नं. ३ कै ३२ वर्षीया अनिता राम र भंगाहा नगरपालिका वडा नं. ८ धर्मपुरका २० वर्षीय रोमी राय घाइते भएका छन्। उनीहरुको अवस्था खतरामुक्त रहेको महोत्तरी प्रहरीले जनाएको छ।

टेम्पो र टेम्पो चालक भंगाहा नगरपालिका वडा नं. ८ का श्रीचन पासवान प्रहरीको नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार