Tuesday 21st of January 2025

मामा घर आएका दुई भारतीय हत्या आरोपमा पक्राउ

0 Shares

महोत्तरी / महोत्तरी प्रहरीले हत्याको आरोपमा दुईजना भारतीय युवकलाई नियन्त्रणमा लिएको छ । बिहीबार मृत फेला परेको महोत्तरी पिपरा गाँउपालिका ५ हर्दिया टोलका १९ वर्षीय आशिक पासवानको हत्याको आरोपमा दुई भारतीय युवकलाई नियन्त्रणमा लिएको हो ।

भारत बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएका १९ वर्षीय दिपक मलिक र मधुबनी साहारघाट बसबरिया घर भएका १८ वर्षीय अमित मलिकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनीहरु दुबैजना पिपरा गाँउपालिका-५ स्थित आफ्नै मामा सुरेश मलिकको घरमा बस्दै आएका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइ सोधपुछ तथा अनुसन्धानपछि सो घटनामा संलग्न रहेको खुलासा भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जनाएको छ ।

युवक पासवानको शव हिजो साँझ स्थानीय जगदिश साहको खाली खेतमा फेला परेको थियो ।

प्रतिक्रिया