भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या

एजेन्सी ः भारतको हरियाणामा गोली हानेर पाँच जनाको हत्या भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।

घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार