Sunday 16th of June 2024

विवाह पञ्चमीमा बन्ने भयो अन्नको दानाबाट ११ हजार फिटको रामजानकीको मुर्ती

0 Shares

जनकपुरधाम / मिथिलाञ्चलको महामहोत्सव विवाह पञ्चमीमा ११ हजार स्क्वायर फिटको अन्नबाट भगवान रामजानकीको मुर्ती बन्ने भएको छ ।

विवाहपञ्चमी महामहोत्सवलाई अन्तराष्ट्रिय करण गर्नका लागि यो शुभ कार्य गर्न लागिएको वृहतर जनकपुरधाम क्षेत्र विकास परिषदका अध्यक्ष शितल साहले बताए । ७० कुन्टल अन्न अनाजबाट मुर्ती निर्माण हुने उनले बताए ।

भारत उत्तरप्रदेशको अयोध्यामा १० हजार ८ सय स्कवायर फिटको अन्नबाट मुर्ती बनाईर गिनिजबुक अफ वल्र्ड रेर्कडमा दर्ता भएको भन्दै विवाह पञ्चमीमा जनकपुरधाममा ११ हजार स्कवायर फिटमा सो मुर्ती बनाएर बिश्व रेकर्ड बनाउदै विवाह पञ्चमीलाई अन्तराष्ट्रिय करण गरिने जनकपुरधामका मेयर मनोज साहले बताए ।

जनकपुरधाम वडा नं. ४ बस्ने रुपेश मिश्रकी छोरी गुनगुन मिश्रले भारतिय आजतक च्यानलमा सो मुर्ती बिश्वकिर्तीमान कायम गरेको देखेर जनकपुरधाममा सो भन्दा पनि भव्य र ठुला मुर्ती बनाउनुपर्ने प्रस्तावमा भारतिय कलाकार तथा विज्ञ सतिष घुरजर सहितको टोली जनकपुरधाम आएर छलफल गरेको छ ।

मुर्ती कस्तो बनाउने ? भन्ने विषयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर साह, वृहतर जनकपुरधाम क्षेत्र विकास परिषद अध्यक्ष शितल साह, विद्वान डा. राजेन्द्र प्रसाद विमल, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोस कापडि, मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरी, उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ सहितका संग घुरजरले सो विषयमा छलफल गरेका छन् ।

प्रतिक्रिया