Saturday 15th of June 2024

गौशालामा आगलगी

0 Shares

महोत्तरी / गौशालामा आगलगी हुँदा १ लाख ५१ हजारको क्षति भएको छ । गएराति गौशाला नगरपालिका ५ का शेख हसमतको फुसको घरमा अचानक आगलगी हुँदा घर पुणर्रुपमा जलेर नष्ट भएको छ ।
आगलगीमा परि घरभित्र बाँधिएको ३ वटा खसी र १ वटा बाख्रा जलेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । समयमै खवर पाउनासाथ घटनास्थल पुगेका प्रहरी, गौशाला नगरपालिकाको दमकल र स्थानियहरुको सहयोगमा समयमै आगो नियन्त्रणमा आउँदा थप क्षति हुन नपाएको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया