Saturday 15th of June 2024

राधा गुप्ता अर्थात् ‘डार्लिङ’ लेखापाल, एउटा अन्डरग्राउन्ड, अर्कोको काल

0 Shares

बारा / सोमबार गोली प्रहारबाट हत्या गरिएका बाल एकता बोर्डिङ स्कुलका सञ्चालक गुड्डु भनिने रुपेश स्वर्णकारको ज्यान त्रिकोणात्मक प्रेम सम्बन्धका कारण गएको पाइएको छ । उनका स्कुलमा लेखापाल रहेकी राधा गुप्ताकै कारण स्वर्णकारलाई राधाको पहिलो प्रेमी मनोज गुप्ता समूहले मारेको खुलेको छ । यद्यपि बाराका प्रहरी प्रमुख सुरेश काफ्लेले पत्रकार सम्मेलनमा तथ्य दिइने बताए ।

राधा बोर्डिङमा लेखापाल थिइन् । उनको पारिवारिक नाताभित्रैका तर भारतीय नागरिक मनोज गुप्तासँग प्रेमचक्कर रहेको केही समयअघि खुलेको थियो । बारम्बार बोर्डिङ आइरहने मनोजलाई नआउन भनिएको थियो । मनोजको आउजाउमा उनले के अनुमान लगाए भने आफ्नो प्रेमिकाको बोर्डिङका सञ्चालक रुपेशसँग पनि गहिरो प्रेम सम्बन्ध छ । यो विषय यतिमै सीमित रहेन ।

यसपालि रक्षाबन्धनअगाडिको घटना हो । मनोजले बोर्डिङमै आएर राधालाई पिटिन् । राधा मात्र पिटिएनन्, मनोजले रुपेशलाई पनि ‘तँलाई पनि मार्छु’ भनेर चेतावनी दिएका थिए । यसपछि बोर्डिङमै रहेका रुपेश दाइले पनि यो घटनाले अरु चर्को रुप लिने देखेर पारिवारिक सहमतिमै राधालाई बोर्डिङ स्कुलको लेखापालबाट बिदा गरेकी थिइन् । किनभने रुपेश भन्थे, ‘मनोज, तिमी भारतीय नागरिक हौ, यति धेरै किन मेरो बोर्डिङमा आउजाउ छ ?’ मनोजले राधासँगको सम्बन्ध रहेको आशंकामै रुपेशलाई ‘ज्यान लिने धम्की’ दिएका थिए ।

छातिमा टेकेर दुई गोली
बोर्डिङ नजिकै राधाको डेरा छ । मनोज गुप्ताले पहिला पनि रुपेशलाई मार्न आक्रमण गरेका रहेछन् । तर सफल भएन । रुपेशले पनि यो कुरा प्रहरी र परिवारलाई भनेनन् । सोमबार रोेजमेरी रेष्टुरेन्टबाट खाजा खाएर बोर्डिङ स्कुलनजिकै मदरसा चोकमा उनलाई दुई वटा मोटरसाइकलमा आएका चारजनाको समूहले गोली हानेको थियो ।

पहिलो मोटरसाइकलमा सवार समूहले गोली हान्दा रुपेशले छलेका थिए । दोस्रो मोटरसाइकलमा रहेको समूहले उनलाई गोली हान्यो । रुपेशको पाखुरामा लाग्यो । रुपेश लडे । त्यसपछि गोली प्रहार गर्ने समूह ओर्लेर रुपेशको छातीमा टेकेर दुई गोली हानेको थियो । चार गोलीमा तीन गोलीले रुपेशको ज्यान छेड्यो । गोली प्रहार गर्ने समूह कति आवेगमा थियो भन्ने प्रमाण हो, भूइँमा लगेका रुपेशलाई छातीमा टेकेर गोली हानियो र उनीहरु भाग्न सफल भए ।

दुवैको ‘डार्लिङ’ लेखापाल राधाकै कारण रुपेशको ज्यान गयो । घटनास्थलका दुवै मोटरसाइकल बरामद भएका छन् । राधासहित अरु पनि समातिएका छन् । एसपी काफ्ले भन्छन्, ‘एक्स्ट्रा म्यारिटल अफेयर नै देखिएको छ, समातिएका भित्र मनोज गुप्ता छन् कि अन्डरग्राउन्ड छन्, भेरिफाइ गर्दैछु ।’ – मधेशदृष्टि

प्रतिक्रिया