उहाँले भन्नुभयाे- याे सरकारलाई के गरि असफल पार्न सकिन्छ र गठबन्धन के गरि ताेड्न सकिन्छ भनेर एक थरी शक्ति र तत्व न्वारानदेखिकाे बल लगाएर लागिरहेका छन्, नाै महिनामा ७ जना त प्रधानमन्त्री तयार गरिसके । तर सबै प्रयास सरकार र नेतृत्वले असफल पारिरहेको छ । अझै पनि त्यस्ता प्रतिगामी षड्यन्त्रहरू चलिरहेको बताउँदै असफल पारिछाड्ने बताउनुभयो ।
प्रचण्डले माओवादी केन्द्रले चलाएकाे अभियान मुलभुत रूपमा सफल रहेको र पहिले भन्दा गम्भीर र जनतासँग जाेडिएकाे पाएकाे बताउनुभयाे । उहाँले जनता नै ईतिहासका निर्माता भएकाे र जनतासँग जाेडिने कुरानै प्रधान विषय भएको दाेहाेर्याउनुभयाे । अभियानबाट पार्टी देशभर चलायमान र व्यवस्थित हुँदै गएको कुरा विराेधिहरूले समेत भनेकाे बताउँदै उहाँले अब जनतालाई परिचालन गर्ने तर्फ अभियान केन्द्रित गर्नुपर्ने बताउनुभयाे ।
प्रचण्डले जनतालाई सरकारले गरेका कामकाे जानकारी दिन, परिवर्तनको पक्षमा जागरुक गर्न र प्रतिगमनकारी प्रवृत्तिलाई खबरदारी गर्न आगामी मंसिर २२ गते जनपरिचालन गर्ने याेजना रहेको जानकारी दिनुभयाे । उहाँले जनपरिचालनलाई माओवादीले सडक संघर्ष गर्न लाग्याे भनेर मिडियामार्फत परिवर्तनविराेधीले स्याल हुईँया मच्चाएको बताउँदै जनतालाई सत्य के बताउन जरुरी रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे- माओवादीकाे नेतृत्वमा सरकारले मिटरब्याज पीडितलाई कसरी न्याय दिईयाे, नागरिकता नपाएर विक्षिप्त भएकालाई नागरिकता दिलाउने काम गरियाे, बैदेशिक राेजगारिमा रहेका मजदुरहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गर्ने निर्णय गरियाे, देश भित्रै अनाैपचारिक क्षेत्रमा रहेका ४० लाख युवाहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गराइयाे, उत्पादन र राेजगारीकाे लागि सरकारले विषम परिस्थितिमा पनि बजेट छुट्टयाइएको र १५ अरब रकम गाउँ पुर्याउन खाेजिएकाे छ ।
उहाँले भ्रष्टाचारविरूद्वकाे अभियानलगायतका कामहरू हल्ला नगरी परिणाम देखिने गरि गरिएको बताउँदै जनतामा यसकाे बारेमा जानकारी दिन नपुगेको बताउनुभयो ।