Saturday 15th of June 2024

अन्ततः महोत्तरीका जोगीन्द्र ठाकुरले पाए तीनपाङ्ग्रे साईकल

0 Shares

रुपान्तरण खवर/ गौशाला
वैदेशिक रोजगारमा रहेका एक जना नेपाली कामदारले रकम पठाएपछि एकडारा गाउँपालिका वडा नं. ४ हलखोरीका जोगीन्द्र ठाकुरले अन्ततः तीनपाङ्ग्रे साईकल प्राप्त गरेको छ ।

दुईटै खुट्टाले अपांग रहेको ठाकुरलाई सिरहाका धिरेन्द्र मरैटाले आर्थिक सहयोग गरेका छन् । ठाकुरको आर्थिक अवस्था एकदमै नाजुक रहेकोले साईकल खरिद गर्न सकेका थिएन् । आफुले समाजिक संजालमार्फत पहलकदमी गरेपछि सो रकम प्राप्त भएको लेखिका तथा जसपा नेतृ सविता यादवले जानकारी दिएकी छिन् ।

उनले भनिन्, ‘मैले समाजिक संजालमा गरेको अपिललाई स्वीकार गर्दै सिरहाका धिरेन्द्र मरैटाले सहयोग गरेका छन् । मरैटा हाल वैदेशिक रोजगारको शिलशिलामा साउदी अरबमा रहेका छन् । उनले पीडितको लागि तीन पाङ्ग्रे साईकल खरिद गरिदिका लागि मेरो नाममा रकम पठाएको थियो । अनि मैले सोही रकमले तीन पाङ्ग्रे साईकल किनेर सहयोग गरेकी छु ।’

तीन पांग्रे साईकल पाएपछि ठाकुर परिवार हर्षित भएका छन् ।

प्रतिक्रिया