
महोत्तरीको गौशालामा प्रदेश स्तरीय मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८० सोमबारदेखि सुरु भएको छ । गौशाला नगरपालिका वडा नं.१ स्थित रामनगरको खेलमैदानमा प्रदेश स्तरीय मेयर गोल्डकप फुटबल प्रतियोगिता २०८० सोमबारदेखि सुरु भएको हो ।
आज पहिलो दिनको खेलमा बेङखाडी, महोत्तरी र बिरगंज युथ पर्साबिच खेल भएको थियोे । जसमा खेल शुरु भएको केही मिनेट मै बेङखाडीले दुई गोल गर्न सफल भएको थियोे भन्ने बिरगंज युथ पर्साले १ गोलमात्र गर्न सकेको थिए । हाप टाईम पछि थप १ गोल बेङखाडी महोत्तरीले गरेपछि ३–१ मा पहिलो दिनको खेलमा बेङखाडीको जित भएको आयोजक टिमले जनाएको छ ।
प्रतियोगिताको उद्वाटन समारोहलाई सम्बोधन गर्दै गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा छ त्यसै अनुरुप खेलले स्वास्थ्यलाई, राष्ट्रलाई, पनि ठिक राख्छ भन्ने हाम्रो ठाउँ गौशाला लगायत राष्ट्रलाई चिनाउने काम गर्छ । साथै लागू औषध नियन्त्रण गर्न समेत सहयोग पुग्छ मेयर महतोले बताउनुभयो ।
प्रतियोगिताको फाइनल खेल मंसिर ५ गते हुनेछ । खेलमा प्रदेशभरिका जम्मा ९ वटा टिम सहभागी रहेका छन् । खेलमा पहिलो हुनेलाई १ लाख ५० हजार नगद, शिल्ड र प्रमाणपत्र र दोस्रो हुनेलाई ७५ हजार नगद, शिल्ड र प्रमाणपत्र दिने आयोजक टिमले जानकारी दिए ।
सो कार्यक्रममा विभिन्न पार्टिका जनप्रतिनिधिहरु, स्थानीय, बुद्धिजिवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया