Friday 14th of June 2024

आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा शुरु

0 Shares

गौशाला (महोत्तरी) / आस्थाका महापर्व छठ आजदेखि विधिवत रुपमा शुरु भएको छ । छठपर्व गर्ने व्रतालुहरु आज पहिलोदिन माछ मरुवा वारने अर्थात माछा र कोदो नखाई चोखो हुने गरेको छ । उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ ।

unn.prixa.net

जसलाई स्थानियभाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा-अरबाइन’ खाने दिन पनि भन्ने गरिन्छ । प्रकृतिको पूजा हुने यस पर्व मनाउने क्रममा हरेक वस्तु अनिवार्य रुपमा शुद्धता हुनुपर्ने धार्मिक नियम रहेको छ ।
छठपर्वको दोस्रो दिन शुक्रवार व्रतालुले नहाय खाय विधी गरिने भएको छ भने तेश्रो दिन शनिवार खरना मनाईने भएको छ । यस दिनको साँझमा घरमा प्रसादको रुपमा तयार पारिएको चामल, सक्खर र दुध मिलाएर बनाएको खीर छठिमईयालाई चढाएर प्रसाद स्वरुप घरपरिवारले ग्रहण ग्रहण गरि खरना विधी मनाईन्छ ।


यसबर्षको छठ पर्वको मुख्यपूजा आईतबारका दिन परेको छ । यसदिन साँझ व्रतालुले नजिकको जलाशयमा पुगि वेलुकीपख अस्ताउँदो सूर्यलाई अध्र्य दिई छठपर्वको मुख्यपूजा मनाईन्छ । ठकुवा, भुसवा, टिकुवा, केरा, नरियल, अदुवा, उखु लगायतका पूजा सामग्री अस्ताउँदो सुर्यलाई अध्र्य दिने गर्दछ ।
पर्वको अन्तिम पाँचौ दिन सोमबार विहान उँदाउँदो सूर्यलाई अध्र्य दिई छठपर्वको विधिवत रुपमा समापन गरिने भएको छ ।
पूजा सामग्री किनमेलमा व्यस्त, स्थानिय वजारमा ग्राहकको घुईचो
छठपर्व नजिकमा आएलगतै स्थानिय वजारहरुमा पूजा सामग्री खरिद विक्री गर्नेहरुको घुँईचो लागेको छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।


छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले मिथिलान्चलका हरेक हाटवजारमा चहलपहल बढेको छ । छठ पूजामा अनिवार्य रहेको हरियो सागसव्जी (तरकारी), फलफूल किन्नेहरुको भिडभाड देखिन्छ ।
घाट सजाउनमा युवाहरु व्यस्त
मुख्य पूजा र अन्तिम पूजा गर्नका लागि अहिले घाट वनाउनमा यहाँका युवाहरु तत्लिन रहेका छन् । पायक पर्ने पोखरीका डिल, नदीका तट, तालतलैया लगायतका घाट सरसफाई गरि सामुहिक रुपमा घाट बनाउनका लागि व्यस्त देखिएको छ । चन्दा उठाएर भएपछि घाट सजाउनमा लाखौँ रकम खर्चिएको हुन्छ । घाट सरसफाइ, सजावट र व्यवस्थापनका लागि अहिले धमाधम काम भईरहेको छ । आदिदेव सूर्य भगवानलाई अर्घ दिन तराई मधेशको नदी, तलाउ, पोखरी, ईनार लगायतको जलाशयको किनारमा सरसफाई गरि घाटलाई झकिझकाउने काम भइरहेको छ ।

प्रतिक्रिया