Saturday 13th of July 2024

कोहलीले तोडे सचिनको ३ कीर्तिमान

0 Shares

काठमाडौं /भारतीय ब्याट्सम्यान तथा पूर्वकप्तान विराट कोहलीले एकैपल्ट सचिन तेन्दुलकरको नाममा रहेको ३ कीर्तिमान तोडेका छन्। क्रिकेटका भगवान् पनि भनिने तेन्दुलकरको ३ कीर्तिमान कोहलीले आफ्नो नाममा बनाएका हुन्। भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध खेलमा विराटले एकैपल्ट ३ कीर्तिमान राखे। विराटले सबैभन्दा बढी शतक, एकै विश्वकपमा सर्वाधिक रन र एकै विश्वकपमा सर्वाधिक ५० बढी रन बनाउने कीर्तिमान आफ्नो नाममा सारे।

बुधबार सम्पन्न खेलमा कोहलीले १ सय १७ रनको इनिङ्स खेले। उनले १ सय १३ बलमा ९ चौका र २ छक्का प्रहार गरे। एकदिवसीय क्रिकेटमा कोहलीको यो कीर्तिमानी ५०औं शतक हो। यसअघि तेन्दुलकरले ४९ शतक प्रहार गरेका थिए। कोहलीले २ सय ७८ इनिङ्समा यो कीर्तिमान बनाएका हुन्। सतकीय इनिङ्ससँगै कोहलीले विश्वकपको एक संस्करणमा सर्वाधिक रन बनाउने तेन्दुलकरको रेकर्ड तोडे। तेन्दुलकरले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए। फाइनल अघि कोहलीले ७ सय ११ रन बनाइसकेका छन्।

Sri Lanka v India- Second Test Match Preview

कोहली एकै विश्वकपमा ५० भन्दा धेरै स्कोर बनाउने ब्याट्सम्यानसमेत बनेका छन्। सन् २००३ को विश्वकपमा सचिनले ७ खेलमा ५० भन्दा बढीको स्कोर गरेका थिए। विश्वकपको यस संस्करणमा कोहलीले ८ पल्ट ५० बढी रन बनाइसकेका छन्।

प्रतिक्रिया