Wednesday 15th of January 2025

छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउदै

0 Shares

गौशाला: आस्था भक्ति र निष्ठापुर्वक घरघरमा मनाईने छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउदै छ । मिथिलान्चलकै सवैभन्दा कठोर एवम निष्ठापुर्वक मनाईने छठपर्वको तेस्रो दिन साँझमा खरना मनाउने भएका छन ।

दिनभरि निराहार उपवास बस्ने व्रतालुहरु साँझ घरमा सख्खर र दुधमा तयार पारिएको चावलको खिर भगवानलाई चढाई खरना पर्व मनाउने भएका छन । भगवानलाई अर्पण गरिएको खिर प्रसाद स्वरुप स परिवार ग्रहण गर्ने भएका छन । आजका दिन युवाहरु मिलेर छठ मनाईने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफा गर्ने चलन रहेको छ ।

तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ । त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्ध भन्ने गरिन्छ । व्रतालु निराहार ब्रत बसि साँझमा अस्ताउदो सुर्यलाई घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाई प्रकारहरु, नौवैद्य, फलफूल सामग्री, नरिवल, केरा लगायतका पूजा सामग्रीहरु शुद्धि गरि नजिकै रहेको जलाशयमा गएर अध्र्य दिने चलन रहेको छ । त्यस्तै पूजा सामग्रीकोे रुपमा केराको घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन समेत रहेको छ । यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अध्र्यस्वरुप पुनः सन्ध्या अध्र्य झै एकाविहानै उदाँउदो सूर्यलाई अध्र्य देखाएर व्रतको समापन गर्ने गरिन्छ ।

छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पुणर् होस भनेर भाकल राखेका हुन्छन र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ । छठ विशुद्धरुपमा एउटा धार्मीक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन ।

प्रतिक्रिया