Wednesday 24th of July 2024

किशोरीको हत्या आरोपमा सौतेनी आमासहित तीनजना समातिए

0 Shares

सर्लाही / किशोरीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका–११, बालगंगाकी १७ वर्षीया तबसुन खातुनको हत्या गरेको आरोपमा शुक्रबार राति प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तबसुनकी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, तबसुनका मामा ५५ वर्षीय शेख जिलानी र जिलानीका छोरा २४ वर्षीय शेख असजद रहेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएको कात्तिक २६ गते परिवारका सदस्य मिलेर तबसुनको हत्या गरेको र शवलाई बालगंगास्थित चिहानमा गाडेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

त्यसपछि घटना अनुसन्धानका निम्ति इलाका प्रहरी कार्यालय हरिवनबाट टोली खटिएको थियो । सोही प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान थालेको छ ।

प्रतिक्रिया