ईनारमै मनाईयो महानपर्व छठ ॥

महोत्तरी / जलाशयको उचित व्यवस्थापन नभएको स्थानमा ईनारमै घाट बनाएर छठपर्वको मुख्यपूजा सन्ध्या अध्र्य दिईएको छ । जिल्लाको गौशाला नगरपालिकाको भरतपुर, कालिपर, रामनगर, भण्टावारी वर्दिवास नगरपालिकाको पशुपतिनगर, विजलपुरा, प्रेमनगर, भगहा नगरपालिकाको सीतापुर लगायतका स्थानमा व्रतालुहरु ईनारमै घाट बनाएर मुख्यपूजा गरिएको छ ।


ईनारको छेउमा खाल्टो खनेर पानी लगाई त्यसभित्र उभिएर व्रतालुले अस्ताउँदो सुर्यलाई अध्र्य अर्पण गरेका हुन् । यहाँका व्रतालुहरु यसरी नै सन्ध्या अध्र्य र विहानीपखको अध्र्य अर्पण दिईएको गौशालाकी व्रतालु सुुनिता महतोले बताईन् । पायक पर्ने स्थानमा नदी, पोखरी, ताल, तलैया लगायतका जलाशयको स्रोत नभएपछि यसरी नै वर्षौदेखि आफुहरु व्रत मनाउँदै आएको महतोले जानकारी दिईन् ।
ईनारको छेउमा बनाईएको घाटलाई रंगिविरंगी पारि आकर्षक वनाएका छन् । जहाँ गाँउभरिका व्रतालुहरु सामुहिक रुपमा पूजा गर्दैछन् । आईतबार अस्ताउँदो सुर्यलाई ईनारबाटै अध्र्य अर्पण गरे झै भोली पुनः विहानीपखको अध्र्य पनि ईनारबाटै दिईने वर्दिवास नगरपालिका ९ का सुकृत महतोले बताए ।
सोमबार विहानीपखको अध्र्य दिएलगतै छठपर्व समापन
सोमबार उदाँउदो सुर्यलाई विहानीपखको अध्र्य अर्पण गरिएपछि यसबर्षको छठपर्व समापन हुनेभएको छ । आईतबार साँझ जलाशयमा पुगि व्रतालुले अस्ताउँदो सुर्यलाई अध्र्य अर्पण गरेझै विधी अपनाएर विहानीपखको अध्र्य दिईनेछ । विहानीपखको अध्र्य अर्पण गरेपछि व्रतालुको ३६ घण्टे निराहर उपवास अन्त्य हनेछ । त्यसपछि व्रतालुले सपरिवार प्रसाद ग्रहण गरिनेछ । छठपर्वको मुख्यपूजा पायक पर्ने जलाशय नजिकै घाट निर्माण गरि मनाईएको छ ।
गौशालामा व्रतालुहरु पराम्पारिक वस्त्रमा सजिए
मुख्यपूजा मनाउने क्रममा गौशालाका व्रतालुहरु पारम्पारिक वस्त्रमा सजिएका छन् । उनीहरु रगिएको धोती, कुर्ता र गमछाको पगडी लगाई छठपर्व मनाउनका लागि घाटमा गएका हुन् । युवाहरु महापर्व छठको अवसरमा संस्कार वचाउनुपर्छ भन्दै करिब १ महिनाअगाडिदेखि आफुहरुले वस्त्र जोगाउने अभियानको उदघोष गरेको अभियानी मोहन महतो कोईरीले बताए ।इनारमै मनाइयो छठ पर्व

 

यस अभियानमा स्वेच्छाले यहाँका व्रतालुहरु धोती, कुर्ता र गमछामा सजिएर घाटमा पुगेका छन् । हाम्रा परापुर्वकालमा चल्दै आएको संस्कृतिलाई पर्व तिहारको समयमा निरन्तरता दिनुपर्ने उनको भनाई रहेको छ । हामीले यसरी वस्त्र बचाए हाम्रा सन्ततीले पनि यस अनुरुप अगाडि बढनेछ उनले दावी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार