
गौशाला / आज एकाविहानै उदाउँदो सूर्यलाई भोरुका अध्र्य अर्पण गरेपछि यसबर्षको छठपर्व सम्पन्न भएको छ । हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरि सन्ध्या अध्र्य अर्पण गरे झै सोमबार विहान जलाशयमा पुगि व्रतालुले अध्र्य अर्पण गरेका छन् ।
यो सँगै महापर्व छठ सम्पन्न भएको छ । व्रतालुहरु घाट (पूजास्थल) मा नै राति जाग्राम बसेका थिए । व्रत नबसेकाहरुले पनि उदाउँदो सूर्यको पूजा गरेका छन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाउने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ ।
सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ । छठ पर्व मनाउनेहरूले पोखरीको डिल र नदीतटको सरसफाइ गरेर पूजास्थल बनाउँछन् । तराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रुपैयाँ खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू भएका थिए ।
अहिले घरघरमा छठिमईयाको प्रसाद ग्रहण गर्दै पारण मनाईदैछ ।
प्रतिक्रिया