सवारी दुर्घटनामा वर्दिवासका व्यवसायीको मृत्यु

महोत्तरी / सिन्धुलीमा भएको सवारी दुर्घटनामा परि वर्दिवासका ४२ बर्षिय व्यवसायी श्याम चौधरीको मृत्यु भएको छ । सोमबार सिन्धुलीबाट वर्दिवासतर्फ आईरहेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका ८ मा वा ४ ख ५९४८ नम्बरको वसले ठक्कर दिदा वर्दिवास नगरपालिका २ घर भएका व्यवसायी चौधरीको मृत्यु भएको हो ।


ईलाका प्रहरी कार्यालय वर्दिवासका अनुसार चौधरीले चलाईराखेको ज ११ प ९१७२ नम्बरको मोटरसाईकललाई विपरीत दिशातर्फबाट धरान देखि काठमाण्डौतर्फ गईरहेको सो ठक्कर दिएको थियो । गम्भीर घाईते अवस्थामा रहेको चौधरीको उपचारका लागि वर्दिवासस्थित सिटीकेयर अस्पताल ल्याउने क्रममा ज्यान गएको प्रहरी निरीक्षक ईन्द्रजीत ईटनीले जानकारी दिए । त्यस्तै मोटरसाईकलमा पछाडि सवार अरुणलाल कणर् घाईते भएको छ । उनको उपचार जनकपुरमा भईरहेको प्रहरी निरीक्षक ईटनीले बताएका छन् ।
व्यवसायी चौधरीको मृत्यु भईसकेको र अर्का घाईते कणर्लाई थप उपचारको लागि जनकपुर पठाईएको वर्दिवास सिटी केयरका डा. पवन अग्रवालले जानकारी दिए ।


कमलामाई शु सेन्टर वर्दिवासका संचालकको मृत्युको खवरले मर्माहित भएका वर्दिवासका मेयर प्रल्हादकुमार क्षेत्री, वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु वहादुर खडका लगायत अस्पताल पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार