श्रीमतीद्धारा श्रीमानको बीभत्स हत्या

जनकपुरधाम । प्रदेश २ को धनुषामा श्रीमतीले आफ्नै श्रीमान लाई आफ्नो दुई देवरको साथ मिलि घाँटी रेटेर हत्या गरेकी छिन ।

गय राती हसपुर नगरपालिका वडा न. ६ टिल्हीमा अन्दाजी ३५  वर्षीय शम्भू मण्डल केवट लाई आफ्नै अन्दाजी २५  वर्षीया श्रीमती शुसिला मण्डल ,भाइ सुनिल मण्डल र संजय मण्डलले मिलेर  हत्या गरेको छ।

शम्भू खाडी मुल्क कतारमा आफ्नै निजि कम्पनी संचालन गरि बस्दै आइरहेको थिए । शम्भूको घरमा विगत केहि  वर्षदेखि घरायसी विवाद हुँदै आइरहेको स्रोत बाट खुलेको छ।

यता घटना पक्ष्चात शुसिला,सुनिल र संजय फरार रहेका छ्न  ।

मृतक शवलाइ पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक शम्भुको दुई वटा छोराछोरी रहेका छन ।  घटना पछि सिङ्गो गाउँनै शोकमा डुबेका हुन् ।

प्रतिक्रिया