
सप्तरी । सप्तरीका थप एक जना कोरोना भाइरस संक्रमितको शनिवार मृत्यु भएको छ । संक्रमण भएपछि उपचारको लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका राजविराज नगरपालिका वडा नम्वर ९ निवासी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
संक्रमण पुष्टि भएपछि हिजो शुक्रबार उहाँलाई भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा शनिवार विहान मृत्यु भएको अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँले भने मृतक उच्च रक्तचाप र मधुमेहको विरामी रहेको थियो ।
तीन साताअघि कोरोनाको दोस्रो लहर देखिएको सप्तरीमा अहिलेसम्म ७६ जना संक्रमित रहेका छन् । दोस्रो लहरमा २ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया