प्रदेश सभा सदस्य कुशवाहाद्धारा गोडैतामा सामुदायिक भवनको शिलान्यास

गोडैता । सर्लाहीको गोडैता नगरपालिका–३,सीमावर्ती क्षेत्रमा पर्ने सीमरा भगवतीपुरमा शुक्रवार सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

नेपाली काँग्रेसका नेता एवं प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहाको क्षेत्र विकास कोषको बजेटबाट बन्ने भवनको सुक्रवार प्रदेश सभा सदस्य कुशवाहा आफैले शिलान्यास गरेका हुन् ।

भवन निर्माण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामुदायिक कामकाजमा प्रयोग हुने गरी यसै वर्षभित्र भवन निर्माणको काम पूरा गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार