Sunday 16th of June 2024

प्रावितहको नगरस्तरीय हाजिरीजवाफ कार्यक्रमको पहिलो स्थानमा वहादुरगन्ज विद्यालय

0 Shares

धनवीर महतो
गौशाला, महोत्तरी ।
रेडियो रुपान्तरणले आयोजना गरेको प्राथामिकस्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि वहादुरगन्ज विद्यालयले जितेको छ । शुक्रवार सम्पन्न भएको प्रावितहको नगरस्तरीय हाजिरीजवाफ कार्यक्रमको पहिलो स्थानमा गौशाला नगरपालिका ११ स्थित नेपाल राष्ट्यि आधारभुत विद्यालय वहादुरगन्जले ७ नम्बर ल्याई उपाधि कब्जा गरिएको छ ।

May be an image of 5 people, television and newsroomप्रतियोगिताको दोस्रो स्थानमा श्री राष्ट्यि आधारभुत विद्यालय वान्हटोल ६ अंक ल्याएका छन् । त्यस्तै ४ अंक ल्याएर जनता मावि भरतपुरले तेस्रो स्थान ल्याएका छन् । समान २ अंक  त्रिभुवन माध्यमिक विद्यालय गौशाला र विरेन्द्र मावि वेलगाछी ल्याएका छन् । ती विद्यालयका सहभागी विद्यार्थीको टिमले क्रमशः चौथौ र पाँचौ स्थान कायम गरेको छ । यता श्री आधारभुत विद्यालय कन्कपुर विषहरपुरले ० अंक ल्याई छैठौ स्थान कायम गरिएको कार्यक्रम संचालक मिथलेशकुमार महतोले जानकारी दिएका छन् ।

May be an image of 9 people, people studying, television and newsroom

शैक्षिक गतिविधीमा सहयात्री भुमिका निर्वाह गरिने शिक्षकहरुको प्रतिवद्धता
कार्यक्रमका सहभागी भएका शिक्षकहरुले सामुदायिक विद्यालयको शैक्षिकस्तरका सुधारका निम्ति रेडियो रुपान्तरणको भुमिका सहारनीय रहेको बताएका छन् । उनीहरुले यसप्रकारका शैक्षिक सुधारका कार्यक्रमका लागि रेडियोले उठाईने हरेक किसिमको सकारात्मक भुमिकाका लागि आफुहरु सहयात्रीको भुमिकामा प्रस्तुत हुने धारणा राखेका छन् । प्रस्तुत छ शिक्षकहरुको दिएको मन्तव्यको सम्पादित अंश
शैक्षिकस्तर सुधार्न रेडियो रुपान्तरणको भुमिका अहम  : धर्मेन्द्रकुमार महतो
प्रधानाध्यापक / राष्ट्यि आधारभुत विद्यालय वान्हटोल
शैक्षिक गतिविधीलाई अगाडि बढाउनका लागि रेडियो रुपान्तरणले स्थापनाकालदेखि नै अहम भुमिका निर्वाह गर्दै आएको छ । जसले गर्दा नगरको शैक्षिक सुधारका निम्ति यस रेडियोद्धारा प्रसारित सामग्रीहरु लोकप्रिय हुनुको साथै शैक्षिक सुधारका लागि फलदायी भएका छन् । यस्ता जनचेतनामलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यक छ । नगरपालिकाले यसप्रकारका कार्यक्रमकालाई प्रोत्साहन दिने किसिमको रणनिती अपनाउनुपर्ने आवश्यक रहेको छ ।
कार्यक्रमप्रति विद्यार्थी उत्साहित छन् : राजेन्द्र महतो
शिक्षक / श्री माध्यमिक विद्यालय, रामनगर
रुपान्तरण एफएमले संचालन गरेको हाजिरीजवाफ कार्यक्रम पछिल्लो समयमा आएर लोकप्रिय भएका छन् । यस कार्यक्रमले कम समयमै शैक्षिक जगतमा अधिक फलदायी सावित भएका छन् । यस कार्यक्रमलाई सुन्नका लागि विद्यार्थीको साथै शिक्षकहरुले प्रतीक्षारत रहेका हन्छ । कार्यक्रम ज्ञानवद्र्धक भएकोले यस कार्यक्रममा सहभागीताका लागि विद्यालय परिवारको साथै विद्यार्थीहरु उत्साहित भएका छन् । कार्यक्रम अगाडि दिनमा निरन्तरता दिनु आवश्यक छ ।
हारजीत हुनु आफ्नो ठाँउमा छ : रामस्नेही यादव
प्रधानाध्यापक /राष्ट्यि मावि कान्तिवजार
हारको डरले विद्यार्थी सहभागी नगराउनु पक्कै पनि विद्यालयको परिवारप्रति प्रश्न तेर्सिएको छ । जीत हार आ आफ्नो ठाँउमा भएपनि विद्यार्थीलाई सहभागीता नगराउनु भनेको विद्यालयको कमजोरी छ । यस्तो गर्ने छुट विद्यालय प्रशासनको कदापी छैन् । विद्यार्थीलाई अध्ययनतको क्रममा यसप्रकारका अवसरबाट विद्यार्थीलाई वन्देज नगरियोस् । हाजिरीजवाफ कार्यक्रममा हरेकले अगामी दिनमा विद्यार्थीलाई सहभागीता गराउने गरियोस् ।
कार्यक्रमले निरन्तरता पाओस् : कमलेश महतो
शिक्षक / जनता मावि भरतपुरखोर
हाजिरीजवाफ कार्यक्रम हरेक विषयवस्तुलाई समेटेर तयार पारिएको कार्यक्रम हो । यो हरेक वर्ग, तहतप्का अनि व्यक्तिलाई फलदायी सावित हुन्छ । यस कार्यक्रमले आज प्राथमिकस्तरको कार्यक्रमको समापन गरिएको छ । अगामी दिनमा निम्न माध्यमिक, माध्यमिक लगायतका उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई सहभागीता गराएर निरन्तरता पाओस् । यसले विद्यार्थीको शैक्षिक, मनोवैज्ञानिकको साथै चौतर्फी फाईदाजनक हुन्छ ।
जेनरल नौलेज सधै काम लाग्छ : धर्मेन्द्र कुशवाहा
प्रधानाध्यापक / श्री मावि भेडियाही, फुलकाहा
जेनरल नौलेज (समान्यज्ञान) हरेक क्षेत्रमा काम लाग्ने गरेको छ । यसप्रकारका कार्यक्रमले विद्यार्थीहरुलाई अगामी दिनमा हरतरहको प्रतिस्पर्धामा भाग लिदा सफलता हासिल गराउन मद्दत गरेका हुन्छ । तल्लोस्तरमा विद्यालयमा सिकेको आधारभुत ज्ञानहरुलाई संगालेर अगाडि बढने हो भने निश्चित रुपमा अगामी दिनमा मानिसले सफलता पाउनेछ । तसर्थ यस्ता विषयवस्तु समेटिएको ज्ञानवद्र्धक कार्यक्रमलाई सफलता दिलाउनका लागि हरेकको सहयोगात्मक भुमिकाको आवश्यक रहेको छ ।
यस्ता ज्ञानवद्र्धक कार्यक्रम विद्यालयमा पनि गर्नैपर्छ : रामनारायण साह
प्रधानाध्यापक / श्री विरेन्द्र मावि वेलगाछी
समान्यज्ञान, वादविवाद, हाजिरीजवाफजस्ता अतिरिक्त क्रियाकलापहरु समय समयमा विद्यालयमा गर्नुपर्छ । यसले गर्दा विद्यार्थीहरुलाई थप ज्ञान प्रदानका लागि मद्दत पुग्नुको साथै शैक्षिकस्तर सुधारका लागि महत्वपुणर् भुमिका निर्वाह गर्दैछन् । कम्तीमा हप्ताको एक दिन सामुदायिक विद्यालयले अतिरिक्त क्रियाकलाप गर्नुपर्ने आवश्यक देखिन्छ । तसर्थ यसप्रति विद्यालय, अभिभावक, सरोकारवाला निकायको पहलकदमी हुनु आवश्यक छ । यसमा कसैले पनि नचुकौ ।
कार्यक्रम फलदायी सावित भएको छ : भोगेन्द्रप्रसाद महतो
शिक्षक / नेपाल राष्ट्यि जनता आधारभुत विद्यालय वहादुरगन्ज
रेडियो रुपान्तरणले साप्ताहिक रुपमा प्रसारण गर्दै आएको कार्यक्रम हाजिरीजवाफ चौतर्फी रुपले फलदायी सावित भएको छ । यसले विद्यार्थी, विद्यालय, शिक्षक र अभिभावकको मनोवल बढाउने कार्यमा तत्लिन रहेको छ । यस यात्रामा हरेकले सहयोग र साथ दिने हो भने कार्यक्रम दीर्घकालिन रुपमा अगाडि बढनेछ । जसले नगरको शैक्षिक सुधारका लागि अहम भुमिका निर्वाह गरिनेछ ।
यस्ता कार्यक्रमले विद्यार्थीको मनोवल बढाउछ : उमेश कुशवाहा
सदस्य / नगर शिक्षा समिति गौशाला तथा संस्थापक प्रिन्सिपल रामजानकी वोर्डिग स्कुल गौशाला
जनस्तरमा सुचना र सन्देशमा सक्रिय रहेका रेडियो रुपान्तरणको हाजिरीजवाफ कार्यक्रम सवैको मन जितिसकेको छ । यसलाई निरन्तरता दिनका लागि हरेकको सहयोगात्मक भुमिकाको आवश्यक छ । विद्यार्थीको मनोवल बढाउने कार्यक्रम प्रसारण गर्ने रेडियोलाई नगरपालिकाकोतर्फबाट सहयोगको आवश्यक देखिएको छ । सम्बन्धितपक्षको समयमा नै ध्यानाकर्षण होस् ।
कार्यक्रम संचालक मिथलेश महतोले प्राथामिकस्तरको कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको रेडियो रुपान्तरणले अगामी हप्तादेखि निम्नमाध्यमिकस्तरको हाजिरीजवाफ कार्यक्रम संचालन गर्ने भएको छ । त्यसयात्रामा हरेक विद्यालयले समयमै विद्यार्थी सहभागी गराईदिनका लागि संचालक महतोले आग्रह गरेका छन् ।

कार्यक्रमलाई समापन गर्दै रेडियो रुपान्तरणका संचालिका एवम् रेडियो रुपान्तरणका प्रवन्ध निर्देशक सुनिता महतोले रेडियो हरसम्भव समाजिकस्तरमा रहेको विषयवस्तुलाई उठान गर्नुको साथै शैक्षिक क्रियाकलापको लागि अग्रणी भुमिका निर्वाह गरिने प्रतिवद्धता जनाएकी छिन् ।

महतोले रेडियोले शैक्षिक दर्पण र हाजिरीजवाफ कार्यक्रम संचालन गरि नगरको शैक्षिकस्तरमा सहयोगी भुमिका निर्वाह गर्दै आएकोले अगामी दिनमा यस यात्रामा ईच्छुक व्यक्तिको लागि रेडियोले आवश्यक सहयोग गरिने धारणा राखेकी छिन् ।

प्रतिक्रिया