गौशालाको मिलन चौकमा टिफर दुर्घटना

मंजित कुमार, गौशाला । महोत्तरीको गौशालामा टिफर अनियन्त्रित भई दुर्घटना भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर ११ स्थित लक्ष्मीनिया चौक बाट मिलन चौक तर्फ बालुवा लिएर जादै गरेको अबस्थामा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

ना. ८ ख. २०४८ नम्बरको टिफर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खेतमा पल्टिएको, मानविय क्षेति नभएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक विष्णु प्रदिप वस्याँलले जनाएको छ ।

हाल टिफर चालक फरार रहेकोले खोजतलाश तथा थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक वस्याँलले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार