Thursday 20th of June 2024

महिला राष्टिय क्रिकेटर पूजा महतो नगदसहित सम्मानित

0 Shares

महोत्तरी / महिला राष्टिय क्रिकेटर पूजा महतोलाई गौशालाका युवाहरुले सम्मान गरेका छन् । सोमबार दुर्गा मन्दिरको प्रागणमा आयोजित एक कार्यक्रमकाबीत गौशालाका युुवाहरु नगद १२ हजार ५ सय रुपैयाँ सहित सम्मान गरिएको हो । स्थानिय संचारकर्मी दिनेश महतो र युवा व्यवसायी ईन्दल राउतले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमकाबीच उनलाई स्थानिय खेलप्रेमीहरुले सम्मान गरिएको हो ।


गौशाला एकेडेमी संचालन
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले कुलत अनि गलत प्रवृतिबाट युवाहरुलाई जोगाउनका लागि खेलकुद एकमात्र उपाय रहेको धारणा राखेका छन् । मेयर महतोले पछिल्लो समयमा आएर युवाहरु गलतप्रवृति अपनाएकोप्रति आपति जनाएका छन् । उनले अगामी आर्थिकबर्षदेखि गौशाला क्रिकेट एकेडेमी नगरपालिकाले संचालन गरिने प्रतिवद्धता जनाएका छन् । जहाँबाट एक कुशल खेलाडी उत्पादन गरिने मेयर डा मेयरले बताएका छन् ।


कार्यक्रमकाबीच विभिन्न व्यक्तिहरुले युवा र खेलाडीको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।

प्रतिक्रिया