Tuesday 21st of January 2025

प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै

0 Shares

महोत्तरी / प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड महोत्तरीको गौशाला आउने भएको छ । मंंगलवार विहान ११ बजे नेकपा माओबादी केन्द्रले आयोजना गरेको नेकपा माओबादी केन्द्रको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री प्रचण्ड यहाँ आउने भएको छ ।


नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड यहँाँ पार्टीका नेता कार्यकर्तालाई प्रशिक्षण दिने गौशाला नगरपालिकाका पुर्वमेयर एवम् नेकपा मधेश प्रदेशसभा सदस्य शिवनाथ महतोले जनाएका छन् । प्रशिक्षण कार्यक्रममा नेकपा माओबादी केन्द्रका १ हजार ५ सयको संख्यामा नेता कार्यकर्ताहरु सहभागी रहनेछ ।

प्रतिक्रिया