0
Shares
गौशाला । महोत्तरीको गौशाला नगरपालिकाले ३० बेर्डको कोभिड अस्पताल तयार गरिरहेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिदैं गएपछि गौशाल नगरपालिका – ११ स्थित ईमली बजार स्वास्थ्य चौकीको भवनमा अक्सिजन सहितको अस्थायी कोभिड अस्पताल संचालनको तयारी भइरहेको मेयर शिवनाथ महतोले बताए ।
मेस सहितको अस्पताल व्यवस्थान गर्न लागिएको छ । कोरोना संक्रमितहरुलाई उपचारका लागि अस्थायी कोभिड अस्पतालमा राखिने छ ।
स्वास्थ्यमा समस्या देखियो भने थप उपचारका लागि बाहिर पठाइने छ । कोरोना महामारीसंग लड्न स्वास्थ्य उपकरण, औषधी, स्वास्थ्यकर्मीको व्यवस्थान नगरपालिकाले मिलाइन लागिएको हो ।