Sunday 16th of June 2024

थमन विक हत्या प्रकरणको सुनवाई महोत्तरी जिल्ला अदालतमा हुँदै

0 Shares

महोत्तरी : वहुप्रतिक्षित थमन विक हत्या प्रकरणको सुनवाई जिल्ला अदालतमा सुनवाई हुँदैछ । मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको घटनाको सुनवाई आज जलेश्वरस्थित जिल्ला अदालतमा हुने भएको छ । सो हत्याको आरोपमा प्रतिबादी भनिएका अभिराम शर्मा, कौशल कुमार यादव, राम शंकर मिश्र, लक्ष्मि महतो कोइरी लगायतका २८ जना प्रतिबादी रहेका मध्य एक जना रिहाइ भएका थियो । जलेश्वर कारागारमा प्रदिप साह, सन्जय साह र पवन कापर लगायतको कैदी बन्दीहरु गत ७ बर्ष देखि जेल जीवन विताईरहेका छन । जसपाका अध्यक्ष उपेन्द्र यादबले राज्यले न्यायसंगत अनुरुप फेसला नगरे आफुहरु चुप नवस्ने प्रतिक्रिया दिएका छन् । अध्यक्ष यादवले भने, उक्त मुद्दा राजनीतिक मुद्दा हो । झुटा मुद्दा लगाएर कसैलाई पीडित बनाउन पाइदैन । यसमा बर्षौ पहिले राज्यसंग सम्झौता समेत भईसकेको छ । अव पुनः राज्यले विभेद गरे हामी चुप भएर बस्ने छैनौ । त्यस्तै भन्छन अहिले थमन बिक को मुद्दामा केही राजनीति दल आफ्नो स्वार्थ सिद्ध गर्ने खोजेको जसपाका युवा नेता संतोष साहले आरोप लगाएका छन् । सो मुद्दाको सुनुवाइमा कुनै त्रुटिपूणर् भए सम्पुणर् मधेसी दल आन्दोलनमा जाने निश्चित रहेकोे धारणा राखेका छन् ।

प्रतिक्रिया