राजविराज र दैलेखबाट जागरण अभियान सुरु

राम नारायण यादव, सप्तरी । राष्ट्रिय दलित मुक्ती जागरण अभियान आजबाट सुरु भएको छ । पूर्वको सप्तरी र पश्चिमको दैलेखबाट एकसाथ अभियान सुरु भएको हो ।
सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा बृहत राष्ट्रिय दलित मुक्ती जागरण अभियान सुरु भएको अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले जानकारी दिए ।

दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अवस्था भने अझै फेरिएको छैन्’ उनले भने–‘पछिल्लो पटक ओली नेतृत्वको सरकारकै कार्यकालमा पनि दलित समुदायले धेरै अन्याय र अत्याचार सहनु परेको विद्रोहीले बताए ।

देशमा भईरहेको दलित माथि घटनाहरुलाई मध्येनजर गर्दै न्याय, मुक्ती र विभेद विरुद्ध सडकमा उत्रिनुपर्ने बाध्यता रहेको बताए । ‘संयुक्त दलित संघर्षको राष्ट्रिय दलित मुक्ती जागरण अभियानले देशव्यापी रुपमा जागरण अभियान तथा विरोधका कार्यक्रमको अभियानै चलाएको उनले बताए ।

राष्ट्रिय दलित मुक्ति जागरण अभियानमा २५ हजारभन्दा बढीलाई सहभागी गराउने राष्ट्रिय दलित मुक्ति जागरण अभियान, नेपाल सप्तरीका संयोजक प्रथमलाल रामले जानकारी दिए ।

प्रतिक्रिया