ललन मण्डल, बर्दिबास । गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामी बढेका छन् । वैशाखदेखि कात्तिकसम्म तराइमा सर्पदंकको बिरामीको संख्या बढ्न् गर्दछ । गर्मी र वर्षायाममा सर्प सुरक्षित स्थलको खोजीमा सल्बलाउने गर्छ । वर्षायाममा वासस्थानमा पानी पसेपछि सर्प सुख्सा स्थानतर्फ जान्छ, जहाँ मान्छेको बसोवास हुन्छ । यस क्रममा सर्पले मानिसलाई डस्ने गरेको छ ।
महोत्तरीको बर्दिबासमा सञ्चालित सर्पदंस केन्द्रमा सर्पदंश बिरामीे उपचारका लागि भेन्टिलेटर सेवासमेत उपलब्ध नभए पछि उपचार गर्न निकै कठिन भएको छ । जसले गर्दा बर्दिबासबासीमा एक किसिमको त्रास फैलिएको छ । स्थापना काल देखिनै यस भेगमा धेरै मानिहरुको सर्पको टोकाई वाट अकालमै मृत्यू भएको घटनाहरु छन । हाम्रो एकल प्रयासमा र चन्दाको भरमा यो सर्प दश उपचर केन्द्र चलाएको उपचार केन्द्रका अध्यक्ष कृष्ण बहादुर देवकोटाले बताए ।
नगरपालिको कुुनै चासो देखिएको छैन र यहाँका राजनैनिक दलहरुलाई पटकपटक हामीले भेन्टिलेटरको बारेका अवगत गराउदा समेत भेन्टिलेटर नदिनुु आफैमा नगरपालिका कमजोर भएको देखिन्छ । बर्दिवास नगरपालिकाको मेयर विदुुर कुुमार कार्कीलाई सर्प दंशमा भेन्टिलेटर अति आवश्य रहेको भन्दै नगरपलिकामा जादाँ मेयर कार्की नगरको अन्य भैतिक विकासको काममा व्यस्थ रहेको अध्यक्ष देवकोटाले आरोप लगाएका हुन । यता बर्दिवास नगरका जन्ताहरु एकैजुट भएर भेन्टिलेटर राखनुपनै कुराको माग गर्दा समेत नगरले स्वास्थ्य उपरकणको विषयमा कुनै चासो नदेखाएको स्थानिय शंकर फुयालले बताए ।
उनका अनुसार बर्दिवास नगरपालिकाले वर्षेनी स्थानीय सरकार र प्रदेश सरकार मिलेर बर्दिवासको रातु खाला ठेक्का लगाउदै आईरहेको छ तर वर्षेनी खोलाको सात आठ करोड आम्दानी कहाँ र कुन शीर्सकमा खर्च गरेको भन्दै मेयर विदुर कुुमार कार्कीलाई प्रश्न गरेको छ ।
बर्दिवास सर्प दंश पउचार केन्द्रका लागि एक देखि डेड करोड रकम मात्र छुटयाएर भेन्टिलेटर राखि दिएको भए यस भेगका मनिसहरुको अकालमै मृत्यु हुने दर कम हुने कुरामा जोड दिए ।
महोत्तरीको बर्दिवास नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र १४ सर्पको ‘खानी’ नै भएको यहाँको आम जनबोलीमा पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने देवकोटाको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिवासबाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दत्र्ता भएकाभन्दा निकै बढी घटना हुने गरेका देवकोटाले बताउनुभयो ।
पछिल्लोपटक जिल्लाकै भङ्गाहा नगरपालिका–५ राजपुरका मात्रै आठजना उपचारपछि निको भएर घर फर्केका केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले जानकारी दिनुभयो । भङ्गाहा–५ मा गत शुक्रबार एकैदिन १६ जनालाई सर्पले डसेको भए पनि अन्य आठजना सिरहाको बन्दीपुरमा नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा गएका भङ्गाहा–५ का वडाध्यक्ष शिव महतोले बताउनुभयो । भङ्गाहा–५ कै दुईजनाको भने उपचार केन्द्र नपुग्दै साउन १५ यता मृत्यु भएको छ ।
यता बर्दिवास नगरपालिकाका मेयर विदुुर कुुमार कार्कीका अनुुसार भेन्टिलेटर बर्दिवासको हकमा अति आवश्यक देखिन्छ ।सर्प दंश उपचार केन्द्रलाई हुुने गरि बर्दिवसको अस्पतालमा भेन्टिलेटर र आईसियूू सहिको काम गर्न सुुरु गर्न थालेको बताए । भेन्टिलेटर र आसियूू संञ्चालन गर्न दक्ष जनशंक्तिको अवश्यक देखिएको हुुदा नगरपालिकाले विज्ञापन गरिसकेका छौ,अव केही दिनमै सबै सेवा सहितको अस्पताल संञ्चालनमा ल्याउने तयारी भएको मेयर कार्कीले बताए ।
विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास–३ मा यसको व्यवस्थापन गर्ने समुदायस्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष छ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएयता हालसम्म सयौ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । तीमध्ये कतिपय मनिसहरुको भेन्टिलेर नभएर अकालमै मृत्युु भएको प्रवधिकले बताए ।
झारफुक प्रवृत्ति कायमै
सर्पले टोकेका बिरामी अझै पनि अस्पताल गएर उपचार गराउनुभन्दा झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गएको छ । “सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धामीझाक्री खोज्ने चलन अझै पनि कायमै रहेको छ”, केन्द्रका अध्यक्ष देवकोटाले भन्नुभयो, “महोत्तरीमा करिब ५ प्रतिशत बिरामी पहिला धामीझाक्री र त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।” यही प्रवृत्तिका कारण सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उहाँको भनाइ छ । स्रोत : टक नेपाल