Tuesday 28th of May 2024

सर्लाहीको गोडैतामा बसको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

0 Shares

सर्लाही । सर्लाहीको गोडैतामा रामबनमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् ।

शनिबार बिहान करिब पौने ७ बजे तिर गढहियाबाट हरकठवातर्फ आउँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको नेपाली नम्बरको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक जिल्ला रौतहट गढीमाई नगरपालिका– ८ बस्ने अन्दाजी वर्ष २६ को जयचन्द्र साह गम्भीर घाइते भइ उपचारको लागि जिल्ला अस्पताल मलंगवा ल्याउने क्रममा बिहान साढे ८ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँका अन्दाजी ३५ वर्षीय बिगु साह र शिवशंकर साहको अन्दाजी ८ वर्षीय छोरा विनेश कुमार साहको बरहथवा स्थित एडभान्स संजिवनी अस्पतालमा उपचार भइरहेको छ ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया