Sunday 16th of June 2024

देशभरका १४ स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृत

0 Shares

देशभरका ७५३ स्थानीय तहमध्ये १४ तहमा महिला प्रमुख प्रशासकीय अधिकृत छन् । यो कुल हिस्साको दुई प्रतिशतभन्दा कम उपस्थिति भए पनि नेतृत्वका लागि महिला सक्षम छन् भन्ने सन्देश हो ।

उनीहरूमध्ये अधिकांश स्वेच्छाले स्थानीय तहमा गएका हुन् । १४ महिला प्रमुख प्रशासकीयमा चारजना निमित्त छन् । स्थानीय नागरिकले महिला प्रमुख प्रशासकीयलाई प्रेरणाको रूपमा लिँदा कतिपय जनप्रतिनिधि भने हेपाहा दृष्टिले हेर्छन् । अधिकांश स्थानीय तहका प्रमुख पुरुष छन् । उनीहरू स्थानीय सरकारका प्रमुख हुन् भने प्रमुख प्रशासकीय अधिकृत मुख्य सचिवजस्तै हुन् ।

प्रतिक्रिया