
रुपान्तरण खवर
गौशाला / गौशालामा ईन्जिनियरिग कलेज संचालनमा आएपछि स्थानिय विद्यार्थीहरुलाई अधिक फाईदा पुग्ने भएपछि यसलाई व्यवस्थित पार्नका लागि चौतर्फी सहयोगको आवश्यक रहेको राजर्षि जनक विश्वविद्यालयका उपकुलपति अमर यादवले बताएका छन् । गौशालास्थित त्रिभुवन माविको प्रागणबाट संचालनको सुरसार गरेको भवनको अनुगमनपछि व्यवस्थापनपक्षसँग छलफलको क्रममा उपकुलपति यादवले अथक मेहनेतपछि यो सफलता हासिल भएकोले यसलाई दिगो रुपमा लैजानुपर्नेमा जोड दिएका छन् ।
यहाँको जनप्रतिनिधीले देखेको सपना अव सकार हुने क्रममा रहेकोले यहाँ विद्यार्थीलाई टिकाउने किसिमको वातावरण निर्माणका गरिदिनका लागि विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहले सवैसँग आग्रह गरेका छन् । नेपाल सरकारको पुणर् आर्थिक सहयोगमा संचालित यस आंगिक क्याम्पसमा भविष्यमा आर्थिक स्रोतको कुनै कमी नहुने भएकोले यहाँ विकाउ हुने किसिमको शिक्षाको आवश्यकता रहेको साहले बताए ।
सोहीविच विश्वविद्यालयका उपाध्यक्ष एवम् काठमाण्डौ विश्वविद्यालयका काउन्सिल डा. विकास अधिकारीले यहाँको वातावरण संतोषजनक रहेकोले सवैको सहयोगले यहाँ उत्कृष्ट शिक्षा प्रदान हुने हवको रुपमा परिणत हुने धारणा राखेका छन् । डा. अधिकारीले क्याम्पसलाई समुदायसँग प्रत्यक्ष सम्बन्ध जोड्ने किसिमको पाठयपुुस्तक ल्याउनुपर्नेमा आग्रह गरेका छन् ।
अधिक प्रयासपछि इन्जिनियरिंग क्याम्पस गौशालामा संचालनमा आएको छ भने तत्काल त्रिभुवन मा.वि. को नयाँ भवनमा पठनपाठन हुने राजर्षी जनक विश्व विद्यालयका सभासद प्रकाश पोखरेलले बताए ।
गौशालामा स्थापित यसको आंगिक कलेजलाई व्यवस्थित गर्नका लागि नगरपालिकाले अहम प्रयास गरिरहेको मेयर डा. दिपेन्द्र महतोले बताए । उनले नगरपालिकालाई शैक्षिक हवको रुपमा स्थापित गर्नका लागि आवश्यक कार्यहरु अगाडी बढाउने क्रममा यहाँ इन्जिनियरिंग क्याम्पसको संचालन हुनु गौशालाको लागि एउटा ठुलो सौभाग्य उपलब्धि प्राप्त भएको डा. महतोले धारणा राखेका छन् ।
जसमा त्रिभुवन मा.वि. का प्रधानाध्यापक बिनोद महतोले गौशालामा इन्जिनियरिंग क्याम्पस संचालन भएपछि विद्यार्थीहरुले स्थानीय स्तरबाटै आफ्नो शिक्षा पुरा गर्न सक्ने धारणा राखेका छन् । प्रधानाध्यापक महतोले भने, “क्याम्पस संचालनमा जे जति सहयोग गर्नुपर्ने हुन्छ । म गर्न तयार रहेको छु ।”