Friday 14th of June 2024

सम्सी गाउँपालिकामा अब QR Code बाट राजश्व तिर्न सक्ने

0 Shares

महोत्तरीको सम्सी गाउँ पालिकाको पहिलो कार्यकाल विवादै विवादमा वित्यो । दोश्रो कार्यकालको लागी चुनावी मैदानमा रामनाथ यादव विजयी भए लगतै सम्सी गाउँपालिकालाई तछाड मछाड गर्ने श्रोतहरुलाई निस्कृय बनाई सम्सी गाउँपालिकालाई अहिले विकासको बाटो तिर लम्कने तैयारीमा रहेको छ ।
यस भन्दा अघिल्लो कार्यकालमा जनताले गाउँपालिकाको अनुभूति समेत गर्न पाएनन् तर यादव आए लगतै जनताले पाउनु पर्ने सेवा, सुविधा कसरी सहज र सजिलो हुन्छ त्यस तर्फ सम्सी गाउँपालिका अग्रसर भएको छ ।
आज एक कार्यक्रमका बीच सम्सी गाउँपालिका अध्यक्ष रामनाथ यादव र उपाध्यक्ष अनिता देवी, प्रमुख प्रशासकिय अधिकृत गणेशचन्द्र मिश्रले संयुक्तरुपमा QR Code को सेवा सुचारु भएको घोषणा गरेकाहुन् ।
अब जनताले घण्टौ बैंकको लाईनमा बसी राजस्व बुझाउन समय बर्वाद गर्नु नपर्ने अध्यक्ष रामनाथ यादवले बताए । बैंकमा भीडभाडको कारण ढिलो भए अर्को दिन राजस्व बुझाउने पर्ने जस्ता बाध्यताबाट अब जनताले सुलभ र सजिलो तरिकाबाट राजस्व बुझाउन सक्ने यादवले बताए ।

प्रतिक्रिया