Saturday 15th of June 2024

महोत्तरीमा मिटर र मोटरहरू नियन्त्रण

0 Shares

महोत्तरी : नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले विद्युत चुहावट गरिएको अवस्थामा मिटर र मोटरहरु नियन्त्रणमा लिएको छ।मंगलबार विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रबाट खटिएको अनियमितता सुधार तथा विद्युत चुहावट नियन्त्रण टोलीले विभिन्न स्थानहरूमा ८ थान मिटर र ५ थान मोटर नियन्त्रणमा लिएको हो।

डाइरेक्ट हुकिङ गरी अनधिकृत रूपमा विद्युत चोरी गरिरहेको अवस्थामा सो मिटर र मोटर नियन्त्रणमा लिएको शाखा प्रमुख जगन्नाथ झाले जानकारी दिए। नियन्त्रणमा लिएको मिटर तथा मोटर गौशाला वितरण केन्द्रमा बुझाइएको प्रमुख झाले जानकारी दिए।

प्रतिक्रिया