Wednesday 15th of January 2025

कालिपुरमा शैक्षिक वहस कार्यक्रम सम्पन्न, नैतिक शिक्षा विद्यालयमा लागु गर्नुपर्नेमा साँसद कोईरीको निर्देशन ॥

0 Shares

धनवीर महतो
गौशाला/ महोत्तरी : नेपाल राष्ट्यि आधारभुत विद्यालय कालिपुरले शैक्षिक वहस कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार विद्यालयको प्रागणमा आयोजित एक समारोहकाबीच महोत्तरी क्षेत्र न १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साँसद कोईरीले अगामी केहीदिनभित्रमा कालिपुरको विद्यालयमा सुधार देखिने प्रतिवद्धता जनाएका छन् । साँसद कोईरीले विद्यालयमा अनिवार्यरुपमा नैतिक शिक्षाको पठनपाठन सुचारु गर्नका लागि आग्रह गरेका थिए । नैतिक शिक्षाको अभावमा विद्यार्थीहरु क्रमिक रुपमा संस्कारहीन र नैतिकविहीन बन्दै गएकोले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको हकमा संस्कार, अनुशासनको लागि नैतिक शिक्षा आवश्यक रहेको तर्क राखेका छन् । उनले कम्तीमा १ घण्टी भएपनि यस विषयको लागि पठनपाठन गराउनका लागि वातावरण निर्माण गर्नका लागि विद्यालय परिवारलाई निर्देशन दिएका थिए ।

सोही कार्यक्रमकाबीच वडा नं. ११ का वडाअध्यक्ष रामपृत महतो कोईरीले अव प्रत्येक २/२ बर्षमा सामुदायिक विद्यालयका शिक्षकलाई सरुवा गरेर यहाँको शिक्षालयमा शैक्षिक सुधार हुनेमा जोड दिएका छन् । शैक्षिक सुधारको लागि नगरपालिकाले अगामी दिनमा अझ सशक्त रुपमा शैक्षिक गतिविधीलाई अवलम्बन गर्दै शैक्षिक निती निर्माण गर्ने वडाअध्यक्ष कोईरीले बताएका थिए ।

नगरपालिकाको सदैव शिक्षा सुधारका लागि अग्रणी भुमिका निर्वाह गरिदै आएको नगर शिक्षा समितिका सदस्य जितेन्द्र सिंहले जानकारी दिएका छन् । सवैको सकारात्मक सहयोगले मात्र सामुदायिक विद्यालयका शैक्षिक सुधार सम्भव रहेको धारणा राखेका छन् ।

त्यस्तै नगर शिक्षा समितिका अर्का सदस्य कुमरकान्त झाले क्रमिक रुपमा यहाँका विद्यालयका भौतिक र जनशक्ति सुधार आउने तर्क राखेका छन् । उनले भेदभावरहित वातावरणले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति नगरपालिकाको कार्यालयले पहलकदमी गर्दै आएको धारणा राखेका छन् ।

त्यस विद्यालयमा पछिल्लो समयमा आएर शैक्षिक सुधार क्रमिक रुपमा भएको भन्दै अभिभावकहरु हर्षित भएका थिए । विद्यालय सुधारका लागि सवैको आवश्यक्ता रहेकोले यसतर्फ सकारात्मक भुमिका निर्वाह गरिदिनका लागि अभिभावकहरुले जोड दिएका थिए । कार्यक्रममा शिक्षाप्रेमी, अभिभावक, वुद्धिजिवी, शिक्षक, विद्यार्थी लगायत पत्रकारहरुको उपस्थित रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घोषण सुनिता महतोले गरेकी थिईन् ।

May be an image of 4 people and text

प्रतिक्रिया