अवैध रुपमा मरहा नदी उत्खन्न कार्यमा संलग्न दुई स्काईभेटर प्रहरीको नियन्त्रणमा

गौशालाअवैध रुपमा नदी उत्खन्न कार्यमा संलग्न रहेको अवस्थामा प्रहरीले गौशालास्थित मरहा नदीबाट दुईवटा स्काईभेटर नियन्त्रणमा लिएको छ ।

शनिवार ईलाका प्रहरी कार्यालय गौशालाले नम्बर खुल्न नसकेको दुई वटा स्काईभेटर नियन्त्रणमा लिएको हो । अवैध रुपमा नदी उत्खन्न कार्यमा संलग्न रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकी कान्तिवजारबाट गएको प्रहरीको टोलीले उक्त स्काईभेटरलाई नियन्त्रणमा लिएको हो ।

गौशालाको मरहा नदीबाट स्काईभेटर नियन्त्रणमा लिएपनि अहिलेसम्म स्काईभेटर धनी प्रहरीको नियन्त्रणमा नआएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले रेडियो रुपान्तरणलाई जानकारी दिनुभयो ।

नियन्त्रणमा रहेको स्काईभेटर ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नियन्त्रणमा रहेको स्काईभेटरलाई आवश्यक कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरिक्षक (डिएसपी) ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार