Monday 9th of December 2024

वलवा नगरपालिका चौतर्फी रुपमा अस्तव्यस्त

0 Shares

वलवा (महोत्तरी) : महोत्तरीको वलवा नगरपालिका पछिल्लो समयमा आएर चौतर्फी रुपमा अस्तव्यस्त देखिएको छ । जिल्लाको मध्यभागमा अवस्थित रहेको वलवा नगरपालिकाको हरेक पक्ष लथालिंग अनि भद्रगोल देखिएको छ । स्थानिय सरकारलाई जनमैत्री विकासलाई पहिलो आधार मानि गतिविधी अगाडि बढाउनुपर्ने समयमा जनप्रतिनिधीहरुले हेलचक्राई गरेपछि सन्तोषजनक रुपमा कार्यसम्पादन अगाडि बढन नसकेको हो ।

हामीले पछिल्लो समयमा नगरपालिकाको स्वास्थ्य, कृषि र पशु शाखामा स्थलगत रिपोर्टिंग गरेका छौ । प्रस्तुत छ स्थलगत रिपोर्टिंगको क्रममा पाईएको केही तथ्यहरु ः

क) स्वास्थ्यक्षेत्र

मानवजीवनको सवैभन्दा महत्वपुर्ण मानिएको स्वास्थ्य क्षेत्रको सवालमा कुरा गर्ने हो भने वलवा नगरपालिका धेरै नै पछाडि रहेको छ । सामुदायिक स्वास्थ्य संस्थामा उपचारका लागि आउने सेवाग्राहीलाई रितै हात फर्किनुपर्ने वाध्यता रहेको छ । नगरपालिकाको छेउमै एक विद्यालयको भवनबाट संचालित रहेको स्वास्थ्य चौकीमा कोठाको अभाव देखिएको छ । जसको कारण दुई वटा कोठाबाट जसोतसो स्वास्थ्य सेवा संचालित छ । कोच्चिएर जसोतसो सेवामा तत्लिन रहेका हुन्छ स्वास्थ्यकर्मीहरु । नयाँ भवन निर्माण क्रममा रहेको तत्कालको लागि एक विद्यालयको चारकोठे भवनबाट गत १ बर्षदेखि स्वास्थ्य सेवा संचालनमा रहेको एक कर्मचारीले बताए । ती कर्मचारीले भने, स्वास्थ्य चौकीमा गत भदौ महिनादेखि आवश्यक औषधीको अभाव छ । प्रत्येक महिना नगरपालिकाको कार्यालयलाई औषधी खरिद गर्नका लागि लिखित रुपमा तकेदा गर्दै आएका छन् । तर आश्वासनबाहेक सुनवाई भएन् । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले कागजको पानामा औषधी लेखेर मात्र सेवाग्राहीलाई सेवा दिईरहेका हुन्छ । यहाँ दिनहँु ३० जनाको सरदरमा उपचारका लागि विभिन्न खालका विरामीहरु आउने गरेका छन् । सेवाग्राही वाहिरबाट औषधी खरिद गरि सेवन गर्दै आएको ती कर्मचारीले स्वीकार गरेका छन् ।

ख) विग्रिएको एम्वुलेन्स

नगरपालिकाद्धारा संचालित एम्वुलेन्स विग्रएर थन्किएको छ । मर्मतको लागि नगरपालिकाको कार्यालयले ध्यान दिएको छैन् । जसले गर्दा स्थानियहरु विरामी परेपछि नजिककै निजी स्वास्थ्य संस्थामा जानुपर्ने स्थानियलाई वाध्यता छ । निजीस्तरबाट संचालित एम्वुलेन्स महंगो दररेटमा भाडामा लिएर वाहिर जानुपर्ने बाध्यता छ ।

ग) पुर्वाधार विनाको पशु शाखा

पशु शाखा र कृषि शाखा एउटा सानो जीर्ण पुरानो भवनबाट संचालित छ । सानो कोठाबाट दुई दुई वटा शाखा कार्यालय संचालन गर्दा धेरै नै मुश्किल हुने गरेको कर्मचारीहरुले बताएका छन् । पशु शाखा प्रमुख खखनु ठाकुर भन्छन्, यहाँ औषधी छैन् । गाई भैसीलाई उपचारका लागि आवश्यक पर्ने ट्ेविज छैन् । जसोतसो उपचार गराउदैछु । अनेकौपटक जानकारी गराउँदा समेत सो कार्यक्रम नगरको वार्षिक योजनामा समावेश हुन सकेन् । फलस्वरुप पशु शाखा एउटा नामको लागि सिमित रहन पुगेको छ । जनताको गुनासो सुन्दै सेवा दिन वाध्यता छ ।

घ) कृषि शाखाको जिम्मेवारी पंजीकरण शाखा प्रमुखलाई

वलवा नगरपालिकाको कार्यालयमा गैर प्राविधीकलाई कृषि शाखा प्रमुख बनाईएको छ । जसले गर्दा स्थानिय किसानहरु अझ समस्यामा परेका छन् । कृषि क्षेत्रमा आउने समस्याको पहिचान र समाधान गर्नका लागि दक्ष जनशक्ति नभएपछि किसानहरु प्रत्यक्ष रुपमा मार्कामा परेका छन् । नगरपालिकाको कार्यालयले गत महिना पंजिकरण शाखाका कार्यरत सत्यम सिंह ठाकुरलाई कृषि शाखा प्रमुखको जिम्मेवारी सुम्पिएको हो । पंजिकरणजस्तो व्यस्त शाखालाई दोहोरो जिम्मेवारी दिएलगतै कृषि शाखा अझ धरापमा पुगेको स्थानियहरुको भनाई छ । कागजको भरमा स्थानिय किसानको समस्या सुन्ने गर्दछ । तर सुनवाई वा सम्बोधन अझ हुन सकेको छैन् । किसानहरु समय समयमा नगरपालिकाकोतर्फबाट विउविजन तथा मलखाद्य पाउन सकेको छैन् । यस आर्थिक बर्षको लागि ५ लाखको वजेट विउ विजनको लागि नगरपालिकाको कार्यालयले छुटयाएको छ । तर किसानले गहुँको विउ अझ पाउन सकेको छैन् । अझ रहस्य कुरा के छ भने त्यहाँ कृषि ज्ञान केन्द्र महोत्तरीले आयोजना गरेको माटो परिक्षण शिविरमा जम्मा ५ जना किसानले सेवा लिएका छन् । यसले सहजै प्रष्ट हुन्छ कृषि शाखा प्रमुखको जिम्मेवारी अनि कामको मुल्यांकन ।

रुपान्तरण खवरका लागि धनवीर महतो र नागेन्द्र साहको स्थलगत रिपोर्टको तथ्यमा आधारमा प्रकाशित सामग्री ।

 

प्रतिक्रिया