Thursday 20th of June 2024

हाजिरीजवाफको यस हप्ताको विजेता वहादुरगन्ज विद्यालय

0 Shares

रुपान्तरणखवर ।
हाजिरीजवाफ प्रतियोगिताको निमाविस्तरको अन्तिम चरणको फाईनलमा गौशाला नगरपालिका ११ का नेपाल राष्ट्यि जनता आधारभुत विद्यालय वहादुरगन्जले जितेका छन् । शुक्रवार रेडियो रुपान्तरणले आयोजना गरेको साप्ताहिक प्रस्तुती कार्यक्रम हाजिरीजवाफमा सो विद्यालयले १७ अंक ल्याई प्रथम स्थान हासिल गरेका छन् ।


त्यस्तै ४ अंक ल्याई गौशाला नगरपालिका ११ कै नेपाल राष्टिय आधारभुत विद्यालय कालिपुरले दोस्रो स्थान हासिल गरेका छन् । यता ३ अंक ल्याई आधारभुत विद्यालय विषहरपुर गौशाला नगरपालिका ९ ले स्थान कायम गरेका छन् ।
५ वटा विद्यालयले सहभागिता जनाएको सो प्रतियोगितामा गौशाला १२ को मुन्नी मिस्री आधारभुत विद्यालय र गौशाला १ का श्री राष्ट्यि आधारभुत विद्यालय वान्हटोलले ० अंक ल्याएको कार्यक्रम संचालक मिथलेश कुमार महतोले बताए ।
अगामी हप्ताको कार्यक्रममा निमाविस्तरको फाईनल राउण्ड हुने भएको छ । जसमा यस भन्दा अगाडिको साप्ताहिक कार्यक्रममा प्रथम स्थान हासिल गरेका टिमहरुविच प्रतिस्पर्धा हुने भएको रेडियो रुपान्तरणको कार्यालयले जनाएको छ ।
रेडियो रुपान्तरणले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्नका निम्ति हरेक हप्ताको शुक्रवार कार्यक्रम हाजिरीजवाफ संचालन गर्दै आएका छन् ।

प्रतिक्रिया