महोत्तरी/ गौशाला नगरपालिका ८ स्थित सोनी खोलाको बगरमा किसानहरुले लगाईएको तरकारी खेत (करेसावारी)मा गाँजा खेती गर्दै आएको रहस्य खुलासा भएको छ । स्थानिय गरिव एवम विपन्न समुदायलाई आर्थिक रुपमा सवल पार्नका लागि नगरपालिकाको कार्यालयले संचालन गरेको सो वगर खेतीबाट प्रहरीले आईतबार हरियो गाँजाको बोट उखेलर ल्याएपछि सो रहस्य सार्वजानिक भएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको प्रहरीको गस्ती टोलीले सो वगरमा खेती गर्दै आएको स्थानिय केदार राउतको खेतबाट ३२ वटा हरियो गाँजाको बोट कटान गरि ल्याएको हो । स्थानिय सुकुम्बासीलाई आर्थिक रुपमा सवल पार्नका लागि नगरपालिकाले लाखौ रकम खर्चिएर खोलाको उकास जग्गा अर्थात बगरक्षेत्रमा तरकारीको साथै खुलेआम गाँजाको बोट लगाउन अनुमति दिईएको हो ।
वगर खेती अनुगमनका लागि नगरपालिकाका जनप्रतिनिधी एवम उच्च तहका पदाधिकारीहरुले वारम्बार अनुगमन एवम निरीक्षक गरेतापनि कसैको ध्यान नजानु एक आफैमा प्रश्न उव्जिएको छ । सस्तो लोकप्रियताको नाममा नगरपालिकाले मिडियामार्फत प्रचारवाजी गरेतापनि अवैध खेतीतर्फ कसैको ध्यान नजानु एक विडम्बना रहेको छ ।
आफुले लगाएको तरकारी खेती अनुगमन गर्ने क्रममा सो गाँजाको बोट हटाउनका लागि कसैले पनि सुझाव नदिएको किसान केदार राउतले बताउनुभयो । शुरुमा नै यस्ता अवैध खेती नगर्न र सो बोट हटाउनका चासो नदेखाउँदा आज खेतीपाती गरेर जीविकापार्जोन गर्ने आफुजस्ता साधारण किसान वदनाम मात्र भएको किसान राउतले प्रतिक्रिया दिनुभयो ।
गौशाला नगरपालिका र युएनडिपीको साँझेदारीमा बगरलाई बगैंचा बनाउने अभियानमा ५० लाख बराबरको रकम छुटयाएको नगरप्रवक्ता भोजवहादुर दर्लामीले जानकारी दिनुभयो । सो बगरमा आफुले खेतीपाती गर्ने क्रममा हरेक किसानहरुलाई एकीकृत रुपमा निर्देशन दिईएको गौशाला नगरपालिकाका प्रवक्ता भोजवहादुर दर्लामीले बताउनुभयो ।
प्रहरीले उखेलेको गाँजाको बोट ढुवानी गर्ने कार्यमा किसान केदार राउत संलग्न भएतापनि प्रहरीले समान्य सोधपुछ गरि नियन्त्रणमा लिएका थिएन । खेतमा खुलेआम गाँजाको खेती गरिएतापनि प्रहरीले समान्य कारवाहीको प्रक्रिया नचलाउनु घटनाले प्रहरीले पनि अवैध गाँजा खेती गर्नका छुट दिईएको स्पष्ट भएका छन ।
यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले किसानले खेतमा आफै नै गाँजाको बोट उम्रेको जवाफ दिएपछि पक्राउ नगरेको प्रतिक्रिया दिनुभयो ।
नियन्त्रणमा लिएको हरियो गाँजाको बोट नष्ट गर्ने तयारीमा जुटेको प्रहरी निरीक्षक वस्याँलले बताउनुभयो ।