Sunday 16th of June 2024

गौशालामा मोटरसाईकलले ठक्कर दिई फरार रहेको व्यक्ति प्रहरी नियन्त्रणमा

0 Shares

गौशाला: महोत्तरी गौशाला नगरपालिका वडा नं.१ रामनगर जंगल स्थित रेल्वे ट्र्याक पुल नजिकै ठक्कर दिई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौशाला नगरपालिका ५ का ३८ बर्षिय गणेशप्रसाद साह रहेका छन् ।
साहले चलाउँदै आएको ज ६ प ४८४६ नम्बरको मोटरसाईकलले ठक्कर दिदा नामथर वतन नखुलेको अन्दाजी बर्ष ३०/३२ को पुरुष गम्भीर रुपमा घाईते भएको थियो । सो पुरुषको वर्दिवास अस्पतालमा उपचार हुन नपाउँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतकको शवको पोष्टमार्टम लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरि प्राथमिक अस्पताल वर्दिवासको शव गृहमा सो शव राखिएको थियो । मृतकको पहिचानको लागि हुलिया परीपत्र गर्दा समेत पहिचान हुन नसकेपछि स्थानिय सरकार संचालन ऐन २०७४ को परिच्छेद ३ को दफा १२ को (उपदफा) ३५ बमोजिम लाशको सदगतको व्यवस्था गौशाला न.पा. १ को वडा कार्यालयसँग समन्वय गरि मिलाईएको प्रहरी प्रवक्ता डिएसपी दिलिपिकुमार गिरीले बताएका छन् । घटनाका फरार चालक साहलाई आज पक्राउ गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता गिरीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया