Thursday 20th of June 2024

गौशालाका सामुदायिक विद्यालयमा माघ १ गतेसम्म चिसो विदा, माघ २ गतेदेखि विद्यालय पूर्ववत संचालनमा आउने

0 Shares

रुपान्तरण खबर / गौशाला नगरपालिकाभरिका सामुदायिक विद्यालयहरुमा माघ १ गतेसम्मका लागि चिसो विदा दिईएको छ । अत्याधिकमात्रामा चिसो बढेपछि नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको वैठकले माघ १ गतेसम्मका लागि विदा दिईने निणर्य गरिएको हो।
नगरको शैक्षिक क्यालेण्डरअनुसार सो विदा मिलाईएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । प्रधानाध्यापकको वैठकमा भएको निणर्यअनुसार पुस २९ गतेसम्म चिसो विदा दिईएको शिक्षा शाखाका सह संयोजक भरत सिंहले जानकारी दिए । सहसंयोजक सिंहका अनुसार यहाँका सामुदायिक विद्यालयमा माघ १ गते माघी विदा भएकोले सो दिन सार्वजानिक विदा भएको र अब साविक झै माघ २ गतेदेखि विद्यालय संचालनमा आउने बताएका छन् ।

प्रतिक्रिया