Friday 14th of June 2024

पत्रकार महिला उमा सिंहको आज १५ औं स्मृति दिवस मनाइँदै

0 Shares

जनकपुरधाम / पत्रकार महिला उमा सिंहको हत्या भएको आज १५ वर्ष पूरा भएको छ । उको स्मृति दिवस पत्रकार संगठनले छुट्टाछुट्टै कार्यक्रम गरी आज मनाइँदै छ ।

सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले आज साँझ साढे ५ बजे दीप प्रज्वलन कार्यक्रम आयोजन गरेको छ ।

May be an image of 1 person, smiling and text that says 'हार्दिक श्रद्धाज्जली शहीद उमा सिंह'

नेपाल पत्रकार महासंघ धनुषा शाखाको सभाहलमा दीपप्रज्वलन कार्यक्र आयोजन गरिएको शाखाकी अध्यक्ष मनिका झाले जानकारी दिइन् । वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

May be a black-and-white image of 1 person and smiling

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि अझै कानुनी दायरमा आउन सकेका छैनन् ।

प्रतिक्रिया