रुपान्तरण खवर
गौशाला / महोत्तरीस्थित रेडियो रुपान्तरणका प्रमुख पत्रकार सुनिता महतो सम्मानित भएकी छिन् । विहीबार गौशाला नगरपालिका ११ मा रहेको श्री नेपाल राष्ट्यि जनता आधारभुत विद्यालय वहादुगन्जले पत्रकार महतोलाई सम्मान गरेका हुन् ।
नगरप्रमुख डा. दिपेन्द्र महतोको हातबाट उनलाई सम्मानित गरिएको हो ।
वार्षिकोत्सव समारोहमा विशेष रुपमा आर्थिक लगायतका विविध सहयोग गरेको भन्दै विद्यालयलाई पत्रकार महतोले सहयोग गरेको व्रिद्यालयका प्रधानाध्यापक भोगेन्द्र प्रसाद महतोले बताए । पत्रकार महतोले वार्षिंकोत्सव समारोहलाई व्यवस्थित गर्नका लागि विशेष रुपमा भुमिका निर्वाह गरिएको प्रधानाध्यापक महतोले जानकारी दिए ।
विद्यालयले विशेष रुपमा आग्रह गरेपछि पत्रकार महतोले समारोह सम्पन्न गर्नका लागि आर्थक सहयोग उपलब्ध गराएको विद्यालय स्रोतले जनाएको छ ।
सोहीविच पत्रकार महतोले समुदायको साथ र सहयोग पाए यस विद्यालयलाई नमुना बनाईने धारणा राखेकी थिईन् । उहाँको प्रस्तावलाई विद्यालय परिवार र समुदायले सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।
रेडियोकोतर्फबाट प्रमुख महतोले विद्यालयका प्रधानाध्यापक भोगेन्द्र प्रसाद महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदेव ठाकुरलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विद्यालयले विहीबार एक समारोहकावीच आफ्नो ६६ औं बार्षिकउत्सव मनाईएको हो । रेडियो रुपान्तरण गौशाला यसभेगमा शैक्षिक क्षेत्रमा अतुलनीय भुमिका निर्वाह गर्दै आएको छ ।
पत्रकार महतो नेपाल पत्रकार महासंघ महोत्तरीकी उपाध्यक्ष समेत रहेकी छिन् ।