८ हजारको खाना, २ लाख टिप्स !

एजेन्सी: हलिउडका अभिनेता तथा गायक डोनी वालबर्गले नयाँ वर्षको मौका पार्दै एउटा रेष्टुरेन्टमा वेयटरलाई २०२० अमेरिकी डलर टिप्स दिएका छन् । 

उनकी पत्नी जेनीले यो फोटो सेयर गर्दै यसबारे जानकारी दिएकी हुन् । फोटोअनुसार उक्त खानाको मूल्य ७८ डलरमात्र थियो । 

यो पछिल्लो इन्टरनेट ट्रेन्ड टिप्सच्यालेन्जको एउटा प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ । मिसिगनको एउटा रेष्टुरेन्टमा पुगेका यी अभिनेताले दिएको टिप्सका कारण त्यहाँकी वेयटर ड्यानियल फ्रान्जोनी खुसी भएकी छिन् । उनले एक मिडियासँगको अन्तर्वार्तामा आफूले अब नयाँ घर किन्ने बताएकी छिन् । ‘यसले मेरो भविष्य बनाउँछ,’ उनले भनेकी छिन् । 

प्रतिक्रिया