Friday 14th of June 2024

महोत्तरीका विद्यालयमा थप २ दिन जाडो विदा

0 Shares

धनवीर महतो

गौशाला / महोत्तरीको पालिकाहरुले जाडो विदामा थप गरिएको छ । जिल्लाको गौशाला नगरपालिका, र पिपरा गाँउपालिकाले जाडो विदाको अवधि थप २ दिन बढाईएको छ । ती दुई पालिकाले प्रकाशन गरेको सुचना अनुसार पालिकाभरिका विद्यालयहरुमा वुधबार र विहीबार विदा दिईएको छ ।

त्यस्तै शुक्रवार माघ ५ गतेका दिन मधेशमा वलिदानी दिवसको सार्वजानिक विदा भएकोले अब ती पालिकाका विद्यालयहरु आईतबारका दिनबाट संचालन हुने भएको छ । अत्याधिक मात्रामा जाडो बढेपछि स साना वालवालिकाहरु विद्यालयसम्म जानका लागि असह्य भएपछि सो विदामा थप गरिएको शिक्षा शाखा संयोजक संजयकुमार सिंहले बताए । मौसममा प्रतिकु्लता छाएपछि गौशाला नगरपालिकाको कार्यालयले यहाँका सामुदायिक विद्यालयमा दिईएको जाडो विदामा थप २ दिनको समयसीमा बढाईएको शिक्षा शाखा अधिकृत सिंहले जानकारी दिए ।

त्यस्तै पिपरा गाँउपालिकामा मंगलवार बसेको प्रधानाध्यापकहरुको वैठकले जाडो विदामा २ दिन थप गर्ने निणर्य गरेको हो । पिपरा गाँउपालिकाको कार्यालयले जारी गरिएको सार्वजानिक सुचनामा जाडो विदा वुधबार र विहीबार अझै २ दिन कायम गर्ने निणर्य गरिएको हो । वाक्लोमात्रामा लागेको हुस्सु र शितलहरले यसक्षेत्रका जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएको छ । जसले गर्दा स साना वालवालिकालाई विद्यालयसम्म जानका लागि समस्या हुँदा पालिकाले जाडो विदाको प्रवन्ध गरिएको छ ।

प्रतिक्रिया