0
Shares
गौशाला । महोत्तरीमा बुधबार देखि निषेधाज्ञा (लकडाउन) गर्ने भएको छ ।
महोत्तरीमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ९ दिनका लागि निषेधाज्ञा (लकडाउन) हुने भएको छ ।
जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गते विहान ६ बजेदेखि ३१ गते राति १२ बजेसम्म ९ दिनका लागि निशेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।
धनुषामा भने वैशाख २१ गतेबाटै निशेधाज्ञा जारी गर्ने निर्णय यस अघि नै भइसकेको छ । पछिल्लो समय महोत्तरी र धनुषामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि निशेधाज्ञा जारी गर्नुपरेको अधिकारीहरु बताउछन् ।