Friday 14th of June 2024

सवैलाई पुजा गराउने ब्राह्मण पुरहित खाना र कपडा बिना बेसहारा , सहयाेगकाे लागि सवैमा अपिल

0 Shares

महोत्तरी /  मनरा शिसवा नगरपालिका वाड नं. १० मरुवाही निवासी पुरहित जय कुमार मिश्र बेसहारा बनेका छन्।

मिश्र विगत ४४ वर्ष देखि पूरोहित पेसामा आबद्ध भएर दर्जनौं गाउँमा पूजा पाठ गराउदै आएका थिए । त्यही आम्दनीले घर परिवार चलाउदै थिए तर अचानक २ वर्ष देखि मिश्रको आँखामा रोग लागेको कारण आँखा बाट हेर्न सकि रहेकाे छैन अहिले गाउँ घरमा माँगेर जीवन पालन गर्दै आई रहेको उनले दु खेसाे पाेखे ।

यति चिसो हावापानीमा लगाउनको लागि न्यानो कपडा छैन ,खाना पकाउन घर चावल दाल तरकारी छैन, एउटा श्रीमती र चार छोरी दुई छोरा सहित घरमा आठ जना परिवार रहेकाे छ। मिश्र विरामी भएपछि परिवार बेसहारा बनेका छन्, स्थानीय सरकार संग सहयोग माँग्दा बजेट विनियोजन भएको छैन मिश्रको भने।

नेपाल सरकार र दाताहरुसँग सहयोग गर्नको लागि पुरोहितको श्रीमती गौरी देवीले अनुरोध गर्नुभएको छ।

 

प्रतिक्रिया