Friday 14th of June 2024

वडा कार्यालय आफ्नै भवनमा सारेको भन्दै वडास्तरीय सरकारी कार्यालयमा तालाबन्दी,

0 Shares

धनवीर महतो

नागेन्द्र साह

महोत्तरी / सोनमा गाँउपालिकाको वडा कार्यालय सारेको भन्दै स्थानियहरुले वडास्थित साविकको वडा कार्यालय, स्वास्थ्य उपशाखा र पशु् शाखामा तालाबन्दी गरेका छन् । वडा नं. २ का वडाअध्यक्ष रामजीवन यादवले साविकको स्थानबाट सो कार्यालय आफ्नो नवनिर्मित भवनमा सारेको भन्दै स्थानियहरु ती कार्यालयमा माघ ३ गतेदेखि तालाबन्दी गरेका हुन् ।


स्थानिय शैलेन्द्र यादवले दिएको जानकारी अनुसार गोप्यरुपमा विना कुनै जानकारी वडा कार्यालयलाई अध्यक्षले आफ्नो भवनमा लगिएकोले स्थानिय युवाको एक समुहले साविकको वडा कार्यालय, पशु कार्यालय र स्वास्थ्य कार्यालयमा तालाबन्दी गरिएको जानकारी दिए । यादवले भने, बर्षौदेखि सेवा दिदै आएको वडा कार्यालयलाई भाडाको लोभमै वडाअध्यक्षले सारेको हो ।

सम्बन्धितपक्षलाई वारम्बार जानकारी गराउँदा समेत कुनै पक्षले सुनवाई नभएपछि स्थानियले ती कार्यालयहरुमा एकसाथ तालाबन्दी गरिएको हो ।
तालाबन्दी भएपछि सो कार्यालयहरुको सेवा प्रवाह पुणर्रुपमा प्रभावित भएको स्थानिय अनिल यादवले बताए । अहिले वडा कार्यालयबाट समान ल्याउन नसक्दा सेवाग्राहीलाई सेवाको नाममा तमसुक प्रमाणिकरणको कामकाज मात्र हुँदै आएको यादवले जानकारी दिए । समस्याको निकास हुँदाहुँदै स्थानियले तालाबन्दी गरेर सेवाग्राहीसँग प्रत्यक्ष रुपमा खेलवाड गरेको आरोप लगाएका छन् ।

प्रक्रियागत रुपमा वडा कार्यालय सारिएको ः वडाअध्यक्ष यादव
सोनमा गाँउपालिका वडा नं. २ को वडाअध्यक्ष रामजीवन यादवले साविकको स्थानमा रहेको साँधुरो भवनबाट सेवा प्रवाह गर्न कठिनाई भएपछि कार्यालय नयाँ भवनमा सारिएको जनाएको छ ।

वडा नं. २ को मध्यभागमा सुविधा सम्पन्न नवनिर्मित भवनबाट सेवा दिने प्रयास गर्दा स्थानिय केही व्यक्तिहरु राजनितीक स्वार्थका कारण अवरोध गर्दै आएको रायले बताए । उनले भने, आफुले सो भवन निःशुल्क रुपमा उपलब्ध गराएको हुँ । यसबाट मैले एक सुक्को पनि फाईदा लिन्न । प्रक्रियागत रुपमै यस कार्यलाई अगाडि बढाएको छु ।


उनले थपे, वडास्तरीय पदाधिकारी सम्मिलित वैठकबाट पारित गराएछु । सार्वजानिक सुचना प्रकाशन गरि गाँउपालिकाको कार्यालयबाट स्वीकृत समेत लिई प्रक्रियागत रुपमै कार्यालय सारिएको छ । राजनिती स्वार्थको कारण स्थानियहरु साविकको वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । तालाबन्दीको कारण अधिकांश कागजात, सरसमानहरु त्यस कार्यालयमा थुनिएको छ । ती समान ल्याउनका लागि समस्या भएको हो । ती कागजको अभावमा वडाबाट सोचे अनुसारको सेवाग्राहीलाई सेवा दिन असमर्थ भएछ ।
सोनमा गाँउपालिकाको कार्यालय स्रोतका अनुसार वडा कार्यालय सार्ने विषयमा दुवैपक्षसँग कुराकानी गरि चाँडै नै निकास निकाल्ने तयारी भईरहेको छ ।

प्रतिक्रिया